२०७८ मंसिर १, बुधबार | २०७८ मंसिर २० | ourtourismnews@gmail.com

अब ट्रेकिङ गाइड तालिम खुम्बु क्षेत्रबाट पनि हुने

२०७८ मंसिर १, बुधबार

अब ट्रेकिङ गाइड तालिम खुम्बु क्षेत्रबाट पनि हुने

ट्रेकिङ गाइड तथा पोर्टर गाइड तालिम अबदेखि सोलुखुम्बुको खुम्वु क्षेत्र बाट हुने भएको छ । खुम्बु पर्वतारोहण संघले ट्रेकिङ गाइड र पोर्टर गाइड तालिम दिने गरी नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानसँग सम्झौता गरेको हो ।

फिल्डमै खटेर तालिम दिनु पर्ने पाठ्यक्रम अनुसार रक क्लाइम्विङका लागि खरिखोला र आसपासका हिमालका आधारशिविरमा आधार मानेर संघले तालिम प्रदान गर्ने गरी सम्झौता भएको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रोमनाथ ज्ञवालीले बताउनुभयो ।

हाल ट्रेकिङ गाइड र पोर्टर गाइड तालिमका लागि नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर