२०७८ मंसिर १, बुधबार | २०७८ मंसिर २० | ourtourismnews@gmail.com

प्रदेश २ का पर्यटन मन्त्री रामनरेश राय यादव बर्खास्त

२०७८ मंसिर १, बुधबार

प्रदेश २ का पर्यटन मन्त्री रामनरेश राय यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले बर्खास्त गरेका छन्।

मंगलबार प्रदेश प्रमुख मिश्रले मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरेका हुन्।

नेकपा (एकीकृत समाजवादी) पार्टीलाई सरकारमा सहभागी गराउन मन्त्री यादवलाई आइतबार राजीनामा दिएर सहयोग गर्न मुख्यमन्त्री राउतले आग्रह गरेका थिए। तर, मन्त्री यादवले राजीनामा नदिने भनेपछि मुख्यमन्त्री राउतले मंगलबार पदमुक्त गर्न प्रदेश प्रमुखलाई पत्र पठाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर