२०७८ कार्तिक २६, शुक्रबार | २०७८ मंसिर २० | ourtourismnews@gmail.com

निगमको टिकटबाटै विभिन्न गन्तब्यमा उडान भर्न सकिने

२०७८ कार्तिक २६, शुक्रबार

निगमको टिकटबाटै विभिन्न गन्तब्यमा उडान भर्न सकिने

नेपाल वायुसेवा निगमले उडान भर्ने गन्तव्य भएर जाने अन्य गन्तव्यमा यात्रुका लागि पनि टिकट सहजीकरण गर्ने भएको छ ।

निगमले विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुबीच द्विपक्षीय (स्पेशल प्रोरेट एग्रीमेन्ट) सम्झौताहरु सम्पन्न भएसँगै निगमको सिधा उडान नहुने गन्तव्यमा पनि यात्रुले उठान भर्ने पाउने भएका हुन् ।

“निगमले उडान भर्ने गन्तव्यमा टिकटको सहजिकरण गरेर यात्रुलाई हामी गन्तव्यसम्म पु¥याउछौं” निगमका प्रवक्ता करिश्मा श्रेष्ठले भनिन्, “यसको लागि निगमबाट र ट्राभल एजेन्सीमार्फत यस प्रकारका टिकटहरु सहजै प्राप्त गर्न सकिनेछ ।”

एक अर्का वायुसेवाहरुका क्षेत्रमा यात्रुलाई यसबाट सेवा प्रदान गर्न सहज हुने जनाइएको छ । निगमले हालै सम्पन्न गरेका सम्झौताबाट यूरोपका विभिन्न शहरहरु, अष्टे«लियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत र बहराइनमा यस प्रकारको सेवा प्रदान गर्न सकिने प्रवक्ता श्रेष्ठले बताइन् । सकेसम्म कम समयको प्रतिक्षामा गरेर सेवा दिनका लागि सम्झौता गरिएको र यसमार्फत यात्रुलाई थप सहजता हुनेछ निगमले विश्वास लिएको छ । प्रवक्ता श्रेष्ठले भनिन्, “यसले गर्र्दा निगमलाई थप आयआर्जनको माध्यम बृद्धि हुने र निगमको शाख र पहिचान वृद्धि भएर पर्यटन आगमन बढ्नुका साथै अन्तर्राष्ट्रिय बजारमा निगमको शाख अभिवृद्धि हुनेछ ।”

निगमले यसका लागि काठमाडौं–बैंकक–सिओल जान लागि नेपाल एयरलाइन्स र थाई एयरवेजसँग सम्झौता गरेको छ । साथै काठमाडौं–बैंकक–सिड्नीको सिधा उडान गर्नका लागि थाई एयरवेज, काठमाडौं–बैंकक–टोकियोका लागि अल निप्पोन एयरलाइन्ससँग सम्झौता गरेको छ ।

काठमाडौं–दोहा–कुवेतका लागि निगमले कुवेत एयरवेज, काठमाडौं–दुवई–कुवेतको गन्तव्यका लागि कुवेत एयरवेजसँग सम्झौता गरेको जनाएको छ । काठमाडौं–दुवई–जूरिचको लागि इमिरेट्स र काठमाडौं–दुबई–लण्डनको लागि इमिरेट्, काठमाडौं, दुबई–फ्र्यान्कर्फट, काठमाडौं–दुबई–पेरिस र काठमाडौं–दुबई–बहराइन उडानका लागि इमिरेट्स एयरसँग सम्झौता गरेको हो । निगमको यो सुविधाले गर्दा अन्य उडान भर्ने एयरलाइन्स भन्दा सस्तो पर्ने विश्वास रहेको छ ।आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर