२०७८ कार्तिक १६, मंगलवार | २०७८ मंसिर २० | ourtourismnews@gmail.com

नेपाली उपभोक्ता संरक्षण महासंघ बागमती प्रदेश समिति गठन, अध्यक्षमा सुमन भुजेल

२०७८ कार्तिक १६, मंगलवार

नेपाली उपभोक्ता महासंघ बागमती प्रदेश समिति गठन गरिएको छ ।

मंगलबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी केन्द्रिय अध्यक्ष चन्द्र साउदको प्रमुख आतिथ्य र बागमती प्रदेशका संयोजक सुमन भुजेलको अध्यक्षयतामा ११ सदस्यीय तदर्थ प्रदेश समिति गठन गरिएको छ ।

समितिको अध्यक्षमा सुमन भुजेल, उपाध्यक्षमा रोसन चौलागाईं, महासचिवमा कृष्ण कुमार श्रेष्ठ, सचिवमा हरि शरण बाटा, कोषाध्यक्षमा प्रेम कुमारी कार्की चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा शिव श्रेष्ठ, अष्टबहादुर श्रेष्ठ, नविन भण्डारी, सरोज खोटेजा, सुजना खत्री र सपना पौडेल खत्री चयन हुनुभएको छ । समितिको सल्लाहाकारमा पुर्ब डिआईजि कमल घर्तिलाई चयन गरिएको छ ।

कार्यक्रममा केन्द्रिय अध्यक्ष चन्द्र साउदले कालोबजारी, मिसावट, गुणस्रतहिन् बस्तु तथा सेवा र भ्रष्टचार बिरुद्धको महाअभियानमा सामेलहुने बागमती प्रदेश समितिका सदस्यहरुलाई बधाई तथा शुभकामना दिदै अबको केहि बर्षमै यो महासंघ लाई देशकै उत्कृष्ट महासंघ बनाउदै उपभोक्ता मुखि बनाउने दाबी गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर