२०७८ कार्तिक १, सोमबार | २०७८ मंसिर २० | ourtourismnews@gmail.com

रुपन्देहीमा नयाँ होटल थपिदै, पुराना होटल धरासयी बन्दै

२०७८ कार्तिक १, सोमबार

कोभिड १९ महामारीका कारण थला परेको होटल व्यवसायमा लगानी गर्ने क्रम रोकेका छैनन् । पर्यटक आउने आसमा रुपन्देहीमा नयाँ होटलको संख्या थपिदै गएको छ ।

पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी अहिले करिव २ हजार पाँच सय होटलहरु रहेका छन । जस मध्ये १ सय ५० भन्दा बढी स्तरीय होटल सञ्चालनमा छन् । कोभिड १९ माहामारी नियन्त्रणका क्रममा गरिएको लकडाउनको समयमा रुपन्देहीमा नयाँ होटलको संख्या बढेको हो ।

भैरहवामा निर्माण सम्पन्न हुन लागेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल सञ्चालनपछि तथा पर्यटकका लागि लुुम्विनी खुल्ला भए पछि पर्यटन व्यवसाय फस्टाउने अपेक्षाले नयाँ होटलको संख्या बढेको व्यवसायी बताउछन् ।

पुराना होटल धरासयी बन्दै

कोभिड १९ माहामारीका कारण रुपन्देहीका पुराना होटलहरु धरासयी बन्दै गएका छन् । भाडामा होटल व्यवसाय गरेका व्यवसायी, बैंकको चर्को ब्याज तथा कर्मचारीलाई पारिश्रमिक दिन नसके पछि केहि पुराना होटलहरु सदाका लागि बन्द भएका छन् भने केहि पर्ख र हेरको अवस्थामा रहेको व्यवसायी बताउछन् ।

सरकारले पर्यटन व्यवसाय उकास्ने गरी योजना र कार्यक्रम नल्याए अझ धेरै होटल व्यवसायी पलायन हुने व्यवसायीहरु बताउछन् । पछिल्लो समय रुपन्देहीका पर्यटकीय स्थलहरुमा घुम्न आउने पर्यटक बढेका छन् तर दिनभर घुमेर रात नबिताइ फर्किंदा व्यवसायीहरु थप चिन्तित बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर