२०७८ आश्विन ७, बिहीबार | २०७८ मंसिर २० | ourtourismnews@gmail.com

सौराहामा बढ्न थाले पर्यटक, जीप सफारी खोल्ने तयारी

२०७८ आश्विन ७, बिहीबार

कोरोना भाईरसको संक्रमणदर कम हुदै गएपछि चितावनको सौराहामा वाह्य तथा आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दै गएको छ ।

चाडपर्व नजिकिएसंगै सौराहा घुम्न आउने पर्यटकहरुको संख्या बाक्लो हुदै गएको नेचर गाईड तथा होमस्टे कर्मी रामेश्वर चौधरीले बताउनुभयो ।

पर्यटक बढेसंगै यहाँका होटल तथा होमस्टे व्यवसायीहरु उत्साहीत भएको बताउदै चौधरीले केहि समय पछि जीप सफारी खोल्ने बताउनुभयो ।

सौसाहा घुम्न आउने पर्यटक बढेसंगै व्यवसायीहरुले जिप सफारी खुला गर्नुपर्ने दबाब दिदै आएको चितवन राष्ट्रिय निकुञ्जका एक कर्मचारीले बताए । उनले व्यवसायीका
माग अनुसार निकुञ्जले अर्को सातादेखि जिप सफारी खुला गर्ने तयारी गरेको बताए ।

कोरोना भाइरस महामारी र वर्षासातका कारण जिप गुड्ने सडकहरु बिग्रीएकाले मर्मत, सुधार र झाडीहरु पन्छाउने काम सकिए पश्चात जिप साफारी खोल्ने निकुञ्जले जनाएको छ ।

निकुञ्जले  बैसाखको तेस्रो साताबाट जिप सफारी बन्द गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर