२०७८ आश्विन ७, बिहीबार | २०७८ मंसिर २० | ourtourismnews@gmail.com

मनास्लु हिमालको आरोहण शुरु

२०७८ आश्विन ७, बिहीबार

मनास्लु हिमालको आरोहण असोज १० बाट सुरु हुने भएको छ । ८ हजार १ सय ८३ मिटर उचाईमा रहेको मनास्लु हिमाल आरोहणका लागि ७ हजार मिटर सम्मको बाटो निर्माण कार्य सम्पन्न भएकाले असोज १० देखि आरोहण सुरु हुने निर्माणको जिम्मा लिएको सेभेन समिट ट्रेकले जनाएको छ ।

पर्यटन विभागको अनुसार मनास्लु हिमाल आरोहणका लागि यस वर्ष १७ आरोहण दलबाट १३३ पुरुष र ३८ जना महिला गरी १७१ जना आरोहीले अनुमति लिएका छन् ।

कीर्तिमान कायम गर्न हाल सम्म २० भन्दा बढी देशका आरोहीहरु मनास्लु हिमालको आधारशिविर पुगिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर