२०७८ भाद्र २६, शनिबार | २०७८ मंसिर २० | ourtourismnews@gmail.com

जनकपुर धाम

२०७८ भाद्र २६, शनिबार

प्रदेश नम्बर दुईको राजधानी धनुषामा अवस्थित छ जनकपुर धाम । प्राकृतिक स्रोतसाधनले भरिपूर्ण, संस्कृतिको धनी र धार्मिक पर्यटकीय क्षेत्रको सम्भावना बोकेको जनकपुर आन्तरिक तथा वाह्य पर्यटकको रोजाइको केन्द्र बन्ने गरेको छ ।

राजर्षि जनकको प्राचीन मिथिलाराज्यको राजधानी, भगवान् रामको ससुराली र आदर्श नारी सीताको जन्मभूमि हो जनकपुर ।

धार्मिक पर्यटकका लागि जनकपुर पशुपति पछिको द्रोस्रो ठूलो केन्द्र हो । जनकपुरमा रहेका पुराना राम मन्दिर, नौलखाका रूपमा परिचित ‘जानकी मन्दिर’, राजा जनकले शिवधनुष पूजा गर्ने स्थानमा निर्मित ‘जनक मन्दिर’, लक्ष्मण मन्दिर, रत्नसागर मन्दिर, रङ्गभूमि मैदाननजिकैको हनुमानको ‘सङ्कटमोचन मन्दिर’, स्वर्गद्वारी लगायतका धार्मिक स्थल एवम् तालतलैया सरोवर र दैनिक रूपमा हुने गङ्गा आरतीले धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्यस्थलका रूपमा चिनाएको छ ।

अग्निकुण्ड, विहारकुण्ड, रसिक निवास, हनुमान दरबार, रानीपाटी, पीपरा कुटी पनि आकर्षणका केन्द्र हुन । गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, ज्ञानकुप, अग्निकुण्ड, अरगजा, दशरथसर, गोडधोई, पापमोचनिसर, लक्ष्मणसागर पनि धार्मिक पर्यटकका लागि निकै उपयुक्त छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर