२०७९ माघ ३, मंगलवार | २०७९ माघ २२ | ourtourismnews@gmail.com

नाट्टा बाँकेले जहाज दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन गर्ने

२०७९ माघ ३, मंगलवार

आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाउने मृतकको चिरशान्तिको कामना गर्दै धम्बोझीचोकमा दीप प्रज्वलन गरिने भएको छ ।

नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस्(नाट्टा) बाँके च्याप्टरले नेपालगञ्जको धम्बोझीचोकमा बुधबार साझ ५ बजे मृत्तात्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गर्ने भएको हो ।

आइतबार बिहान काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको ९ एन–एएनसी एटिआर–७२–५०० कल साइन भएको विमान सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटना स्थलबाट हालसम्म ७० जनाको शव निकाली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा २२ जनाको शव पोष्टमार्टम गरि परिवारलाई हस्तान्तरण गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख