२०७९ माघ २, सोमबार | २०८० जेष्ठ १८ | ourtourismnews@gmail.com

आज यती एयरलाइन्सका सबै उडान रद्द

२०७९ माघ २, सोमबार

आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको जहाज दुर्घटनाको शोकमा यती एयरलाइन्सको सोमबारका लागि निर्धारित गरिएका सम्पूर्ण नियमित उडानहरु रद्द गरिएको छ ।

एयरलाइन्सले आईतबार एक सूचना प्रकाशित गर्दै विमान दुर्घटनाको शोकमा यती एअरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाउनु भएका यात्रुहरुको शोकमा भोलि मिति २०७४ माघ २ गते तदनुसार १६ जनवरी २०२३ लागि निर्धारित गरिएका यती एअरलाइन्सका सम्पूर्ण नियमित उडानहरु रद्द गरिएको जानकारी गराउँदछौं । तथापि, आपतकालीन र उद्दारका उडानहरु भने सुचारु हुनेछ । भनिएको छ ।

आईतबार यती एयरलाइन्सको एटिआर–७२ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परेका अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । त्यसमध्ये २६ जनाको शव पहिचान भएको कास्की प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख