२०७९ पुष ४, सोमबार | २०७९ माघ २२ | ourtourismnews@gmail.com

टान गण्डकीको अध्यक्षमा धर्मराज पन्थी निर्वाचित

२०७९ पुष ४, सोमबार

पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान) गण्डकी प्रदेश, पोखराको अध्यक्षमा धर्मराज पन्थी निर्वाचित हुनुभएको छ ।

एशोसियशनको आइतबार भएको १७औं अधिबेशन तथा २९औं बार्षिक साधारण सभाबाट अध्यक्षमा धर्मराज पन्थी सर्वसम्त निर्वाचित हुनुभएको हो ।

दुई बर्षे कार्यकालका लागि एशोसियशनको प्रथम उपाध्यक्षमा कृष्ण प्रसाद आचार्य, द्वितीय उपाध्यक्षमा दिवस लामिछाने सचिवमा तिर्थराज सुबेदी, कोषाध्यक्षमा मोहनप्रसाद सुवेदी र सहसचिवमा गोपाल कृष्ण संग्रौला निर्वाचित हुनुभएको हो ।

यस्तै कार्यसमितिको सदस्यहरुमा दिपकप्रसाद सापकोटा, माधबकुमार खनाल, भुपेन्द्र कुमार लामा,सुरज गुरुङ र प्रकाश पौडेल निर्वाचित भएको छ।

प्रतिक्रिया

सम्बन्धित ख