२०७९ मंसिर ९, शुक्रबार | २०८० चैत्र ६ | ourtourismnews@gmail.com

आहाँ ! कति राम्रो मकनपुर गाउँको सुन्दरता

२०७९ मंसिर ९, शुक्रबार

मन्जु देवि घले गुरुङ 

पोखरा महानगरपालिका वडा नम्बर २३ मा अवस्थित मकनपुर गाउँ सुन्दर अनि रमणीय गाउँको रुपमा रहेको छ । समुन्द्र सतह देखि लगभग १५ सयको उचाईमा रहेको मकनपुर गाउँ हिमाले घेरिएको सर्वत्र हरियाली छाएको रमणीय गाउँको रुपमा रहेको छ । कास्की जिल्लामा सबै भन्दा धेरै घले हरुको बसोबास रहेको यस गाउँलाई कति पएले घले गाउँ भनेर पनि चिन्ने गर्दछन् । हरियो वन नेपालको धनको प्रतिबिम्व हो मकनपुर गाउँ । यति मात्रै कहाँ होर मन्दिरको देश प्रतिबिम्वित हुने ठाउँ पनि हो मकनपुर गाउँ । विविध प्राकृतिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय दृष्टिकोणले अति नै महत्व बोकेको मकनपुर गाउँको सुन्दरतासँग रम्न र रमाउन तथा संस्कृतिसँगै आनन्द लिनको लागि घुम्नैपर्ने गन्तव्यको रुपमा स्थापित भएको छ ।

पर्यटकका लागि आकर्षक

समुन्द्र सतह देखि लगभग १५ सय मिटरको उचाईमा रहेको मकनपुर गाउँ पोखराको प्रसिद्ध धार्मिक स्थल पन्चासे जाने बाटोको पदमार्गमा अवस्थित छ । मकनपुर गाउँको सुन्दरता बयान गरि साध्य छैन् । वरिपरि देखिने माछापुच्छ्रे, अन्नपूर्ण, मर्दि, मनास्लु लगाएतका हिमालहरुको सुन्दरतासंगै फेवाताल, पामेबजार, पोखरा उपत्यका, सराङकोट नौ डाँडाँ आदि क्षेत्रहरुले यस गाउँमा पुग्ने जो कोहि पर्यटकको मनै लोभिने गर्दछ ।

गाउँको सिरानमा रहेको हुर्काने डाँडाँबाट विहानी पख सुर्योदयको त्यो आनन्द र सुर्यास्तको  समयमा हिमालमा देखिने त्यो दृश्ले पर्यटक मोहित हुने गर्दछन् । यति मात्रै कहाँ होर घले गुरुङ  ब्राह्मण क्षेत्री जातिको बसोबास रहेको यो गाउँ विविधतामा एकताको पाठ सिकाउने ठाउँ पनि हो । यस गाउँमा  रम्न र रमाउन आउने पर्यटकहरुले घले जातिको संस्कृतिसँगै आनन्द पाउँछन् । यो गाउँ धार्मिक पर्यटककीय हिसावले पनि महत्वपूर्ण गाउँको रुपमा रहेको छ ।

गाउँमा मकन्नादेविको मन्दिर रहेको छ । मन्दिरमा मागेको फल प्राप्त हुने विश्वास साथ वैशाख पुर्णिामाको दिनमा विशेष पूजा गर्ने गरिन्छ । धर्ममा आस्था राख्ने हजारौँ भक्तजनहरु यस मन्दिरमा पूजा गर्नको लागि आउने गर्दछन् । गाउँमा प्रवेश गर्ने विन्दु भनेकै मन्दिरको अगाडि रहेको बाटो हो । यहाँ घले जातिहरूले भैंसि, बङ्गुर र सुङ्गुरको मासु नखाने भएकाले मासुको प्रयोग पछाडिको बाटोबाट लैजाने गरिन्छ । यस मन्दिरको अर्को विशेषता भनेको घलेले धुप बाले पछि  पुजा सुरु गर्ने चलन रहेको छ ।

यस गाउँमा पर्यटक लोभ्याउने अर्को गन्तव्यको रुपमा ओढार रहेको छ । जहाँ एक दुइ रातको लागि ओढारमा गएर बस्ने खाने चराचुरुङ्गी हेर्नी जडिबुटी खोज अध्ययन अनुसन्धान अवलोकन गर्न पाईन्छ । गाउँमा पर्यटकका लागि भनेर गाउँले परिवेश खानपिनको लागि होमस्टेको पनि व्यवस्था रहेको छ । यस बाहेक गाउँमा आउँने पर्यटकका लागि पन्चासे मौरी पालन बाट शुद्ध अर्गानिक महको स्वाद लिन तथा कोसेलीको रुपमा लौजान पाईन्छ ।

कसरी पुग्ने मकनपुर गाउँ ?

सुन्दर अनि रमणीय गाउँ मकनपुर गाउँ पुग्नको लागि पोखराको हल्लनचोक देखि सार्वजनिक यातायतको साधन प्रयोग गरेर घाटिछिना सम्पु्ग्नम  सकिन्छ । त्यसपिछ उकालो बाटो हुँदै करिव डेढ घण्टामा गाउँमा पुग्न सकिन्छ । घाटिछिना भन्दा माथि कच्चि सडक भएकाले भाडाको सवारी साधन जादैन् यध्यपि आफ्नै सावारी साधन तथा भाडाको गाडि प्रयोग गरेर पनि मकनपुर गाउँ पुग्न सकिन्छ । यदि तपाई यस ठाउँमा जादै हुनुहुन्छ भने ९८०५८७८१५८ मा सम्पर्क गरेर जाँदा तपाईको यात्रा तथा बसाई अविस्मरणीय बन्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित ख