२०७९ मंसिर ३, शनिबार | २०७९ चैत्र १९ | ourtourismnews@gmail.com

सिट क्षमताभन्दा बढी टिकट काटे पछि निगमलाई स्पष्टीकरण

२०७९ मंसिर ३, शनिबार

नेपाल नागरिक उड्डयन प्राधिकरणले सिट क्षमताभन्दा बढी टिकट काटेर यात्रु अलपत्र पारेपछि नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ।

प्राधिकरणले शुक्रबार निगमलाई यात्रु क्षमताभन्दा बढी टिकट काट्नुको कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्न र अलपत्र परेका यात्रुलाई शनिबारभित्रै गन्तव्यमा पुर्‍याउन निर्देशन दिएको छ ।

बिहीबार निगमको काठमाडौँदेखि दोहा तथा काठमाडौँ दुबई जाने दुईवटा उडानमा सिट क्षमताभन्दा बढी टिकट काटिए पछि एयरपोर्टमा पुगेका यात्रुलाई फर्काइएको थियो।

प्रतिक्रिया

सम्बन्धित ख