२०७९ कार्तिक २०, आईतवार | २०७९ मंसिर ९ | ourtourismnews@gmail.com

नेपालमा पर्यटक आगमन दर बढ्यो, पर्यटन बोर्डको तथ्याङ्कमा गल्ती

२०७९ कार्तिक २०, आईतवार

नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या बढ्दै गएको छ । कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या बिस्तारै बढ्दै गएको छ ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२२ को अक्टोबरमा ८८ हजार ५ सय ८२ पर्यटक नेपाल आएका छन् । पर्यटक आगमन दर यो वर्षको हालसम्मकै बढी सङ्ख्या हो । यसअघि अप्रिलमा सबैभन्दा बढी ५८ हजार ३ सय ४८ पर्यटक नेपाल भित्रिएका थिए ।

सन् २०२२ को दस महिना

कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । दस महिनाको अवधिमा झण्डै पाँच लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार जनवरीमा १६ हजार नौ सय ७५, फेब्रुअरीमा १९ हजार सात सय ६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ५८ हजार ३ सय ४८, मेमा ५३ हजार ६ सय ८, जुनमा ४६ हजार ९ सय ७५, जुलाईमा ४४ हजार चार सय ६२, अगष्टमा ४१ हजार तीन सय ४, सेप्टेम्बरमा ५८ हजार ३ सय १४ र अक्टोबरमा ८८ हजार ५ सय ८२ पर्यटक नेपाल आएका छन् ।

पर्यटन बोर्डको तथ्याङ्कमा गल्ती

नेपाल पर्यटन बोर्डले शुक्रबार सार्वजनिक गरेको पर्यटक आगमनको तथ्यांकमा गल्ती देखिएको छ । बोर्डले गत बैशाखमा अप्रिल महिनामा ५८ हजार ३ सय ८४ जना पर्यटक नेपाल आएको भन्दै तथ्यांक सार्वजनिक गरेको थियो । तर अहिले १० महिनाको अप्रिल महिनामा ६१ हजार , ५ सय ८९ पर्यटक नेपाल आएको तथ्यांक सार्वजनिक गरेको छ ।

नेपाल पर्यटन बोर्डले उति बेला पनि अप्रिल महिनाको तथ्यांक सार्वजनिक गर्दा गल्ती गरेको थियो । त्यतिबेला बोर्डले अप्रिल महिनामा ३५ हजार ८ सय ७१ जना पर्यटक आएको भन्दै तथ्यांक सार्वजनिक गरेको थियो । त्यसलाई सच्याउँदै पर्यटक आगमन ५८ हजार ३८४ पुगेको बताएको थियो । बोर्डले भारतीय पर्यटक नजोडिएको भन्दै मिडिया सेन्टरबाट नयाँ अपडेट सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर