२०७९ कार्तिक १५, मंगलवार | २०७९ मंसिर २० | ourtourismnews@gmail.com

एमालेको ग्यारेन्टी ५ वर्षमा २५ लाख पर्यटक

२०७९ कार्तिक १५, मंगलवार

नेकपा एमालेले ५ वर्षमा २५ लाख पर्यटक भित्राउने ग्यारेन्टी गरेको छ ।

एमालेले मंगलबार घोषणापत्र सार्वजनिक गर्दै गुणस्तरीय पर्यटकको सङ्ख्यामा वद्धिृ गर्दै आगामी पाँच वर्षमा पर्यटकको सङ्ख्या वार्षिक २५ लाख पुर्याइने घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा नेपाललाई आकर्षक अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने छ । विश्व बजारमा पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गरिने छ । पर्यटकीय गन्तव्यको प्रचार प्रसार गरिने छ । नेपाली कूटनीतिक नियोगहरूलाई पर्यटन प्रवर्द्धनमा परिचालन गरिने छ । पर्यटकको बसाई अवधि लम्ब्याउन र प्रतिपर्यटक खर्च वद्धिृ गर्न पर्यटनका पूर्वाधारहरू निर्माण तथा सुधार गरिने छ । पर्यटन सेवाको विस्तार गरिने छ । पर्यटनसम्बन्धी उच्च अध्ययन र आवश्यक जनशक्ति तयार गर्न विश्वविद्यालय स्थापनासहित आवश्यक व्यवस्था गरिने छ ।
गुणस्तरीय पर्यटकको सङ्ख्यामा वद्धिृ गर्दै आगामी पाँच वर्षमा पर्यटकको सङ्ख्या वार्षिक २५ लाख पुर्याइने छ ।

यस्तै पदयात्रा, हिमाल आरोहण तथा होमस्टे केन्द्रित कार्यक्रमलाई स्तरीकरण गरिने छ । प्राकृतिक, पर्यावरणीय, साहसिक, आरोग्य सेवा, धार्मिक, सांस्कृततिक, कृषि तथा मनोरञ्जनका विधामा पर्यटनको पहिचान, प्रवर्द्धन, विकास र संरक्षण गरिने छ । जैविक र पर्यावरणीय विविधतासहितको इको टुरिज्मलाई प्रवर्द्धन गरिने छ । नेपाली चलचित्रको प्रवर्द्धन, विकास र विस्तार गरिने छ । सम्भावनाका आधारमा सबै प्रदेशमा फिल्मसिटी निर्माण गरिने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर