२०७९ कार्तिक १४, सोमबार | २०७९ मंसिर १० | ourtourismnews@gmail.com

राप्रपाको घोषणापत्र : ५ वर्षमा २५ लाख पर्यटक, बैकल्पिक पदमार्गको निर्माण

२०७९ कार्तिक १४, सोमबार

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

सोमबार अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौंको थापागाउँमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै २५ लाद पर्यटक भित्राउन निजि अन्तर्राष्ट्रिय क्षेत्र समेतको संलग्नतामा विभिन्न कार्यक्रमहरु लसञ्चालन गर्ने प्रस्ताव अघि सारेका छन् ।

राप्रपाले लोकप्रिय पदयात्रामार्गहरु बिस्थापित हुदै गएको सट्टामा बैकल्पिक मार्गहरुको निर्माण व्यवस्थापन गर्ने प्रस्ताव अघि सारेको छ ।

साथै एक व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टीको अध्यक्ष र प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने कानुनी व्यवस्था गर्ने विषय समेटिएको अध्यक्षले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर