२०७९ भाद्र २९, बुधबार | २०७९ मंसिर २० | ourtourismnews@gmail.com

महानगरलाई ५ क्यासिनोले बुझाए ६६ लाख रुपैयाँको मनोरञ्जन कर, दुईले तिर्न बाँकी

२०७९ भाद्र २९, बुधबार

५ वटा क्यासिनोले काठमाडौं महानगरपालिकालाई मनोरञ्जन बापतको कर बुझाएका छन् ।

महानगरपालिकाले दिएको एक साताको समयमा ५ क्यासिनोले कुल ६६ लाख ९८ हजार ९ सय २० रुपैयाँको मनोरञ्जन कर बुझाएका हुन । तर दुई क्यासिनोले कर बुझाउन अटेर गरको महानगरपालिकाले जानकारी दिएको छ ।

महानगरपालिकाले काठमाडौंमा सञ्चालित ७ वटा क्यासिनोलाई ७ दिन भित्र कर तिर्न भदौ १९ गते पत्र पठाएको थियो ।

कुन क्यासिनोले कति बुझाए मनोरञ्जन कर ?

काठमाडौं महानगरपालिकालाई ५ वटा क्यासिनोले मनोरञ्जन बापत कुल ६६ लाख ९८ हजार ९ सय २० रुपैयाँ कर बुझाएका हुन् । कर बुझाउनेमा सबैभन्दा बढी म्यारियट होटलमा रहेको डेल्टीन क्यासिनोले २१ लाख ४२ हजार, अन्नपुर्ण होटलमा रहेको क्यासिनो प्यालेसले ११ लाख ८५ हजार ४ सय ६३ रुपैयाँ, हायात होटलमा रहेको प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसनले ९ लाख ८९ हजार ४ सय ६०रुपैयाँ, होटल सोल्टीमा रहेको माजोङ्ग इन्टरटेनमेन्टले ९ लाख ९३ हजार ६ सय रुपैयाँ र होटल एलफ्टमा रहेको बाल्को क्यासिनोले १३ लाख ८८ हजार ३ सय ६३ रुपैयाँ मनोरञ्जन कर तिरेका महानगरले जनाको छ ।

यस्तै, मल्ल होटलमा रहेको बेली क्यासिनो, र्याडिसन होटलमा रहेको क्यासिनो र्याट र र्याडीसन होटल–२ क्यासीनो र्याटले कर बुझाउन अटेर गरको महानगरपालिकाले जानकारी दिएको छ ।

काठमाडौं फनपार्कले पनि पनि महानगरलाई १७ लाख ३६ हजार रुपैयाँ कर तिरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर