२०७९ भाद्र १७, शुक्रबार | २०७९ मंसिर २० | ourtourismnews@gmail.com

नुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा बाशुदेव अधिकारी

२०७९ भाद्र १७, शुक्रबार

नुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा बाशुदेव अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । संघको शुक्रबार होटल दियालो सभा बट्टार नुवाकोटमा भएको दशैँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष सन्तोष उप्रेतिले बताउनुभयो ।

सभाले अधिकारिको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा गोविन्द राज न्यौपाने, उपाध्यक्षमा आर एस अधिकारी, उपाध्यक्षमा रामशरण पौडेल, उपाध्यक्षमा रमेश तमाङ, महासचिवमा रविन्द्र चालिसे, उप महासचिवमा रितेश रुम्बा तामाङ, सचिवमा दिपक गजुरेल, कोषाध्यक्षमा सारदा ढकाल सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा ध्रुव बोगटी, चन्द्र घले, सन्तोषी रिमाल, सुवास घिमिरे, गोपाल तामाङ, सुरेश पौडेल, नमराज आचार्य, विनोद शेर्पा, विवश तामाङ, सागर शाहा, सविता शाही, श्यामकिशोर शाह, गोपिदाश श्रेष्ठ, दिपक प्रसाद अधिकारी, सौगात अमात्य, राजकुमार गिरी, दिपक लामा चयन हुनुभएको छ । साथै संघको सल्लाहकारमा सुरेशमान तामाङ चयन हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर