२०७९ भाद्र १५, बुधबार | २०७९ मंसिर २२ | ourtourismnews@gmail.com

नेपाल भ्रमणमा आउने भारतीय पर्यटकलाई बेलहिया नाकामा स्वागत गरिने

२०७९ भाद्र १५, बुधबार

स्थलमार्ग हुदै नेपाल भ्रमणमा आउने भारतीय पर्यटकलाई बेलहिया नाकामा स्वागत गरिने भएको छ ।

सोमबार बेलहियामा पर्यटक प्रहरी इकाईले गरेको “पर्यटक सुरक्षा तथा पर्यटन प्रवद्र्धनमा व्यवसायी एवं स्थानीय नागरिकको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले बेलहिया नाका हुँदै नेपालमा भित्रिने पर्यटककलाई गुलाफसहित अन्य फूलगुच्छाले सम्मान गरि स्वागत गर्ने योजना नगरले बनाएको बताउनुभयो । उहाँले अतिथि देव भव ः नारालाई अनुशरण गदै पर्यटकलाई नाकामै सम्मान गरे उनिहरुले राम्रो सन्देश लिएर जाने हुँदा नगरले छिट्टै नै नाकामै स्वागत गर्ने व्यवस्था मिलाउने बताउनुभयो ।

कार्यक्रममा पर्यटन व्यवसायीहरुले भारतीय तथा तेस्रो मुलुकबाट नेपाल आउने पर्यटककलाई सम्मान गर्नुको साटो दुव्यर्यवहार बढि भएको भन्दै त्यसलाई राक्नुपर्ने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर