२०७९ श्रावण १४, शनिबार | २०७९ मंसिर ९ | ourtourismnews@gmail.com

नाट्टा सुदूरपश्चिम प्रदेशको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पदम बिक्रम सिंह

२०७९ श्रावण १४, शनिबार

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पदम बिक्रम सिंह सर्वसम्मत चयन हुनुभएको छ ।

एशोसिएसनको शनिबार धनगढीमा भएको आठौँ बार्षिक साधारणसभा तथा चौथो अधिबेशनबाट पदम बिक्रम सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

अधिबेशनबाट उपाध्यक्षमा धनन्जय जैसी, महासचिवमा शिवहरि पाण्डे, कोषाध्यक्षमा लोकराज भट्ट, सचिवमा सबिता ऐर सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा पदम बहादुर चन्द, बिक्रम ठकुल्ला र मेखेन्द्र खत्री सर्वसम्मत चयन हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर