२०७९ असार २६, आईतवार | २०७९ मंसिर ११ | ourtourismnews@gmail.com

नेपालगञ्जका ५ क्यासिनोलाई रोयल्टी रकम भुक्तानी गर्न पर्यटन विभागको ताकेता, रकम भुक्तानी नगरे इजाजत नै रद्द गरिने

२०७९ असार २६, आईतवार

पर्यटन विभागले १४ वटा क्यासिनोलाई सञ्चालन इजाजतपत्र नवीकरण रोयल्टी भुक्तानी गर्न सूचना जारी गरेको छ ।

आर्थिक वर्ष २०७८\०७९ सम्म नियमित रुपमा रोयल्टी रकम दाखिला गरी नवीकरण भएका र आर्थिक वर्ष २०७९\०८० को लागि क्यासिनो सञ्चालन इजाजत पत्र नवीकरणको रोयल्टी रकम भुक्तानी गर्न विभागले शनिबार एक सूचना जारी गर्दै आग्रह गरेको हो ।

क्यासिनो नियमावली, २०७० को नियम १३ बमोजिम कागजात पेश गर्नुपर्ने क्यासिनो आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने अनुमति पाएका कम्पनीले रोयल्टी रकम भुक्तानी नगरे इजाजत नवीकरण नहुने र इजात नै रद्द गर्ने जनाएको छ ।

विभागले जारी गरेको सूचना अनुसार नेपालगञ्जका ५ वटा क्यासिनोले इजाजतपत्र नवीकरण र रोयल्टी भुक्तानी नगरेको देखिएको छ । इजाजतपत्र नवीकरण र रोयल्टी भुक्तानी नगर्ने क्यासिनोटहरुमा न्यू होटल सिद्धार्थ परिसरमा सञ्चालित ज्याकपट गेमिङ सेन्टर प्रा.लि, होटल स्टारलाईटमा सञ्चालित भेन्यू रिक्रियसन, कल्पतरु होटलमा सञ्चालित ओम त्रयम्बक्म इन्टरटेनमेन्ट, होटल सीटी प्यालेसमा सञ्चालित सेपियर इन्टरटेनमेन्ट, र स्नेह होटल नेपागञ्जमा सञ्चालित बेलिज इन्टरटेनमेन्ट प्रा.लि रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर