२०७९ असार १९, आईतवार | २०७९ श्रावण १९ | ourtourismnews@gmail.com

यती एअरलाइन्सको टिकट अब भाइबरबाट

२०७९ असार १९, आईतवार

यात्रुलाई टिकट काट्न थप सहज बनाउने उद्देश्यले यती एअरलाइन्सले अब भाइबरबाट पनि आफ्नो टिकट लिन सकिने सुविधा थपेको छ ।

एअरलाइन्सले हाल मोबाइल एप, वेबसाइट, सेल्स काउन्टर, ट्राभल एजेन्सी, ई–सेवा र खल्तीबाट टिकट उपलब्ध गराउदै आएकोमा अब भने यात्रुहरुले भाइबरमार्फत पनि टिकट लिन सक्ने एअरलाइन्सले जनाएको छ ।

एयरलाइन्सले भाइबरमा ‘५–वटा–१० अर्थात् १०१०१०१०१०’ हटलाइन नम्बरमा म्यासेज गरेर टिकट लिन सकिने जनाएको छ । हाललाई यो सेवा मेसेज मात्र पठाउन मिल्ने गरी सुरु गरिएको छ ।

यो सेवा आइतबारदेखि शुक्रबार (विहान ७ः०० बेलुका ७ः०० बजे)सम्म उपलब्ध हुनेछ एयरलाइन्सले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर