२०७९ असार ४, शनिबार | २०७९ श्रावण २० | ourtourismnews@gmail.com

नेपालगन्जकाे न्युरोडमा यौनकर्मीको बिगबिगी, पैसा दिन नसक्दा ग्राहकलाई सर्वाङ्ग नाङ्गो पारियो

२०७९ असार ४, शनिबार

नेपालगन्जकाे न्युरोडमा यौनकर्मीको बिगबिगी, पैसा दिन नसक्दा ग्राहकलाई सर्वाङ्ग नाङ्गो पारियो

नेपालगन्ज उपमहानगरको वडा नम्बर ४ अन्तर्गत न्युरोड क्षेत्रमा यौन व्यवसायको बिगबिगी भएपछि वडा अध्यक्ष आफै होटल होटल पुगेर यौनकर्मीहरुलाई समातेर प्रहरीमा बुझाउन थालेका छन् ।

वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनको नेतृत्वमा प्रहरी सहित निस्केको नागरिक अगुवाहरुको टोलिले बिहिबार राती सडक र होटलमा यौनकार्य गरिरहेका ७ जनालाई पक्राउ गरेर प्रहरीलाई बुझाएका छन् । वडा अध्यक्ष पुनको नेतृत्वमा निस्केको टोलिले सडकमै यौनजन्य क्रियाकलाप गरेको देखि यौनकर्मी महिलाले पैसा सहित कपडा पनि लुटेपछि सर्वाङ्ग नाङ्गो अवस्थामा रहेका पुरुष समेत फेला पारेको थियो ।

वडाको न्युरोड क्षेत्रमा यौन बिकृत्ति बढेपछि आफै सडकमा निस्कनु परेको वडा अध्यक्ष पुनले बताए । उनले सडकमै यौन व्यवसायको बार्गेनिङ हुने, अर्ध नग्न अवस्थामा सडक किनारमा ग्राहक कुरेर यौनकर्मी महिलाहरु बस्ने र नजिकका होटलहरुमा यौन व्यवसाय हुने गरेको गुनासो आएपछि प्रहरी र नागरिक अगुवा टोलबासीको सहकार्यमा आफै छापामार्न हिँडेको बताए । ‘वडाबासी भएको भन्न पनि लाज लाग्ने अवस्था आएपछि आफै निस्केर यो कदम चाल्नु परेको हो ।’ वडा अध्यक्ष पुनले बताए ।

वडा अध्यक्षकै नेतृत्वमा स्थानीय अगुवाहरुले बिगत ३ दिनदेखि हरेक साँझ न्युरोड क्षेत्रमा गस्ती नै सुरु गरेका छन् । छडके र नियमित गस्ती गरेर ‘हाम्रो न्युरोड,राम्रो न्युरोड’ बनाउने अभियान सुरु गरिएको वडा अध्यक्ष पुनले बताए ।

प्रहरीलाई बुझाईएका मध्य ४ जना यौनकर्मी महिला सहित सीता रुकुमेली होटलकी संचालिका सीता परियार र यौनकार्य गराउन सहयोगी भुमिका खेल्ने सुरज जोसी रहेको प्रहरीले जनाएको छ । २ दिन पहिले मात्र सीता रुकुमेली होटलमा ग्राहक बनेर आएका एकजना पुरुषको पैसा र कपडा समेत लुटेर सर्वाङ्ग नाङ्गो पारेर लखेटिएका थिए ।

यौन बिकृत्ति बढेको गुनासोका आधारमा स्थानीयबासीले होटल बन्द गराउन प्रयास गरेपनि होटलको जग्गा भाडामा दिएका स्थानीय अगुवा दिपक लोधले संरक्षण गर्ने गरेका कारण सो होटलमा अबैध धन्दा चलिरहेको एक स्थानीयले बताए ।

पक्राउ परेकाहरुमाथि अनुसन्धान जारी रहेको र ठहर भए अनुसार शरिर बन्दक तथा शरिर मास्ने बेच्ने अभियोगमा मुद्दा चलाउने तयारी भईरहेको बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले बताए । साभार खबरकुरा डटकम

प्रतिक्रिया

सम्बन्धित खवर