२०७९ असार १, बुधबार | २०७९ मंसिर ९ | ourtourismnews@gmail.com

साैराहाकाे जंगल सफारी र जंगल वाक आजबाट बन्द

२०७९ असार १, बुधबार

चितवन राष्ट्रिय निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि आजबाट बन्द गरिएको छ ।

निकुञ्जले जेठ २७ गते एक सुचना जारी गद‌ै वर्षायाममा कच्ची वनपथहरू विग्रीने, जंगलमा भएका स साना खाेला खाेल्सामा भलबाढी आउने, रूख लडेर बाटाे अबरुद्ध हुनसक्ने र मानवीय क्षति हुनसक्ने कारर्णले असार १ देखि अर्को सूचना नहुन्जेलसम्म जंगल सफारी र जंगल वाक लगायतका पर्यटकीय गतिविधिहरू बन्द हुने जनाएको थियाे ।

साेमबार सौराहाका पर्यटन व्यवसायसँग सम्बन्धित नौ वटा संस्थाले सम्पूर्ण पर्यटकीय गतिविधि बन्द नगर्न राष्ट्रिय निकुञ्जलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर