२०७९ असार १, बुधबार | २०७९ श्रावण २० | ourtourismnews@gmail.com

साैराहाकाे जंगल सफारी र जंगल वाक बन्द नगर्न निकुञ्जलाई ध्यानाकर्षण

२०७९ असार १, बुधबार

साैराहाकाे जंगल सफारी र जंगल वाक बन्द नगर्न पर्यटन व्यवसायीहरूले चितवन राष्ट्रिय निकुञ्जलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

साेमबार सौराहाका पर्यटन व्यवसायसँग सम्बन्धित नौ वटा संस्थाले सम्पूर्ण पर्यटकीय गतिविधि बन्द नगर्न राष्ट्रिय निकुञ्जलाई ध्यानाकर्षण पत्र बुझाएकाे नेचर गाइड एसोसिएसनका अध्यक्ष राजेन्द्र धामीले बताउनुभयो ।

ध्यानाकर्षण पत्रमा विगत दुई वर्षदेखि कोभिड–१९ का कारण अस्तव्यस्त रहेको पर्यटन व्यवसाय उकासिने क्रममा रहेको अवस्थामा निकुञ्जले सरोकारवालालाई पूर्व सूचनाबिना एक्कासि असार १ गतेदेखि निकुञ्जमा हुने सम्पूर्ण पर्यटकीय गतिविधि बन्द रहने सूचना प्रकाशित भएकोमा हामी सम्पूर्ण व्यवसायी तथा सम्वन्धित संघसंस्थाहरूकाे ध्यानाकर्षण भएको जनाइएको छ ।

निकुञ्जले जेठ २७ गते एक सुचना जारी गद‌ै वर्षायाममा कच्ची वनपथहरू विग्रीने, जंगलमा भएका स साना खाेला खाेल्सामा भलबाढी आउने, रूख लडेर बाटाे अबरुद्ध हुनसक्ने र मानवीय क्षति हुनसक्ने कार्णले असार १ देखि अर्को सूचना नहुन्जेलसम्म जंगल सफारी र जंगल वाक लगायतका पर्यटकीय गतिविधिहरू बन्द हुने जनाएको थियाे ।

तर पर्यटकीय गतिविधि बन्द नगर्न क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराई, क्षेत्रीय रेवान संघका अध्यक्ष नरेश गिरी, युनाइटेड हात्ती सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषि तिवारी, नेचर गाइड एसोसिएसनका अध्यक्ष राजेन्द्र धामी, निकुञ्ज जिप सफारीका अध्यक्ष गोपाल श्रेष्ठ, रोयल जिप सफारीका अध्यक्ष त्रैलोक्य चित्रकार, बर्ड एजुकेसन सोसाइटीका अध्यक्ष रमेश चौधरी, नेपाल वाइल्डलाइफ फोटोग्राफी संघका अध्यक्ष लोजिक कृष्ण सागर र साना पर्यटन व्यवसायी समूहका अध्यक्ष ठाकुरमान श्रेष्ठद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र चितवन राष्ट्रिय निकुञ्जलाई बुझाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर