२०७९ जेष्ठ २८, शनिबार | २०७९ श्रावण १९ | ourtourismnews@gmail.com

पर्वतारोहण संघको अध्यक्षमा निमा नुरू शेर्पा विजयी

२०७९ जेष्ठ २८, शनिबार

नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा निमा नुरू शेर्पा विजयी हुनुभएकाे छ ।

नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ७३५ मतका साथ अध्यक्षमा निमा नुरू शेर्पा निर्वाचित हुनुभएको हाे । उनका निकटतम प्रतिद्वन्द्वी राजेन्द्र मान श्रेष्ठले १२२ मत प्राप्त गरेका गर्नुभएको थियाे।

संघको वरिष्ठ उपाध्यक्षमा ठाकुरराज पाण्डे ४२८ साथ विजयी हुनुभएको छ भने प्रथम उपाध्यक्षमा आङ दावा शेर्पा ४२० तथा द्वितीय उपाध्यक्षमा दावा याङ्जुम शेर्पा ४८२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

त्यस्तै महासचिवमा माेहन लम्साल ४८९ मत प्राप्त गरी विजयी हुनुभएको छ । सचिवमा ५१२ मतका साथ धन बहादुर गुरुङ र कोषाध्यक्षमा ३६० मत प्राप्त गरी मुक्ति पाण्डे विजयी हुनुभएको छ ।

त्यसैगरी सदस्यमा आङदावा शेर्पा, किसान गुरूङ, सिड्गी लामा, पिताम्बर गुरूङ, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नम्ग्याल जाङ्बु शेर्पा, पासाङ दावा शेर्पा, दिनेश तामाङ, डिमा डाेमा शेर्पा र डाेमा शेर्पा विजयी हुनुभएको छ ।

संघको शुक्रबार भएको मतदानमा १ हजार २ सय १५ मतदाता रहेकामा ९०३ मत खसेकाे थयाे ।

तीन वर्षे कार्यकाल रहने संघको निर्वाचनबाट अध्यक्षसहित पदाधिकारी र सदस्य गरी १८ सदस्य निर्वाचित भएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर