२०७९ बैशाख ६, मंगलवार | २०७९ माघ १४ | ourtourismnews@gmail.com

होटल संघ र मजदुर युनियनबीच न्यूनतम पारिश्रमिक लागू गर्ने सहमति

२०७९ बैशाख ६, मंगलवार

होटल संघ र मजदुर युनियनबीच न्यूनतम पारिश्रमिक लागू गर्ने विषयमा सहमति भएको छ ।

सोमबार होटल संघ र मजदुर युनियनहरुबीच पाँच बुँदे सहमति गर्दै सम्झौता गरेका छन् ।

सम्झौतामा कोभिड पछि सञ्चालनमा आएका होटलहरुका लागि २०७६ चैत ११ गतेभन्दा अगाडि श्रमिक तथा कर्मचारीहरुले प्राप्त गरेको तलब भत्ता, सेवासुविधा तथा सामूहिक सम्झौताबाट प्राप्त गरिएका सुविधाहरु उपलब्ध गराउने र नेपाल सरकारले वृद्धि गरेको पारिश्रमिकलाई लागू गर्ने उल्लेख छ ।

होटल संघ नेपालका अध्यक्ष सृजना राणा लगायत पदाधिकारी तथा मजदुर युनियनका तर्फबाट नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन, अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघ र नेपाल पर्यटन तथा होटल सम्वद्ध श्रमिक संघका अध्यक्ष र प्रतिनिधिहरु सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित ख