२०७८ चैत्र ११, शुक्रबार | २०७९ मंसिर ९ | ourtourismnews@gmail.com

आजबाट धरानमा तीन दिने ‘इस्ट टुरिजम मार्ट- २०२२’ सुरू

२०७८ चैत्र ११, शुक्रबार

धरानको पब्लिक हाई स्कुलको खेलमैदानमा आजदेखि ३ दिने इस्ट टुरिजम मार्ट २०२२ सुरु हुने भएको छ । कोरोना महामारीले थलिएको पूर्वको पर्यटन व्यवसायलाई चलायमान बनाउन ३ दिन चैत ११, १२ र १३ गते इस्ट टुरिजम मार्टको आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।

मार्टमा भारतको सिक्किम, बङ्गला, विहार सम्मका पर्यटनकर्मी तथा होटल व्यवसायी र सञ्चारकर्मी गरी १ सय जनाको सहभागिता हुने बताइएको छ ।

धरानमा यस अघि दुई पटक सन् २०१८ र २०१९ मा इस्ट टुरिजम मार्टको आयोजना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर