२०७८ फाल्गुन ३०, सोमबार | २०७९ मंसिर १० | ourtourismnews@gmail.com

होमस्टे महासंघ गण्डकी प्रदेशको अध्यक्षमा धनीराम गुरौ निर्बिरोध निर्वाचित

२०७८ फाल्गुन ३०, सोमबार

होमस्टे(घरबास) महासंघ नेपाल गण्डकी प्रदेशको अध्यक्षमा धनीराम गुरौ चौधरी निर्बिरोध निर्वाचित हुनुभएको छ । शनिबार तनहुँको बन्दिपुर ४ बिमल नगर समुदयिक होमस्टेमा भएको गण्डकी प्रदेशको दोस्रो होमस्टे सम्मेलनबाट चौधरी निर्बिरोध निर्वाचित हुनुभएको हो ।

सम्मेलनबाट उपाध्यक्षमा मोहन खनाल, सचिवमा कृष्ण प्रसाद तिमिल्सिना र कोषाध्यक्षमा मुना थापा मगर निर्बिरोध निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यहरुमा सागर आचार्य, बलराम तिमिल्सिना, विश्वराज पराजुली , झलश्री गुरुङ, याम बहादुर गुरूङ्ग, मन्जु गुरुङ्ग, पूनम गुरुङ्ग, पदम ब.गुरुङ्ग, पदम राज लामीछाने, प्रेम गुरूङ्ग, राज कुमार गुरूङ्ग, कोमल थापा, निरज थकाली, शेष कुमारी धले, बेल कांसी गुरुङ्ग, मिनु धले, देउबहादुर गुरुङ्ग, इन्द्रकुमारी गुरूङ्ग, सिता थापा, गोपाल श्रिष, भिम गुरूङ्ग, डिल्ली राज पौडेल, शान्ती कुँवर, माया सुनार र सिता थापा निर्बिरोध निर्वाचित हुनुभएको छ ।

प्रदेश सम्मेलनमा उद्योग, पर्यटन, वाणीज्य तया आपूर्ती मन्त्रालयका मन्त्री मणी भद्र शर्मा कँडेल, होमस्टे(घरबास) महासंघ नेपालका अध्यक्ष केशव वडाल, महासचिवप्रेम शंकर मर्दनिया थारू, केन्द्रीय उपाध्यक्ष सारादा आचार्य, बन्दीपुर गाउँपालिकाकी उपमेयर करूणा गरूङ्ग, कृषि बिकास बैक (डुम्रे शाखा) का प्रबन्ध निर्देशक पुरूषोत्तम पराजुली लगायतको उपस्थिति रहेको थियो ।2we3d3wws

प्रतिक्रिया

सम्बन्धित खवर