२०७८ माघ २३, आईतवार | २०७९ मंसिर १९ | ourtourismnews@gmail.com

कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार, पर्यटन मन्त्रीमा छिरिङ दमदोल लामा (कार्चेन)

२०७८ माघ २३, आईतवार

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ ।

सरकार गठन भएको तीन महिनापछि कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । आइतवार प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्रीहरुलाई शपथग्रहण गराउनुभयो ।

शपथ ग्रहण गर्नुहुने मन्त्रीहरूमा छिरिङ दमदोल लामा (कार्चेनं) उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, यज्ञबहादुर बुढा क्षेत्री सामाजिक विकास मन्त्रालय, पदमबहादुर रोकाय भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, गणेशप्रसाद सिंह जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, र हिमबहादुर शाही आन्तरिक मामिला तथा कानून मन्त्रालय हुनुहुन्छ ।

नवनियुक्त पर्यटन मन्त्री नेकपा माओवादी केन्द्रका तर्फबाट हुम्ला जिल्लाका हुनुहुन्छ । उहाँ गैर सांसद हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर