२०७८ माघ ७, शुक्रबार | २०७९ चैत्र ७ | ourtourismnews@gmail.com

अमेरिकन राजदुताबासद्धारा पर्यटन बोर्डलाई सम्मान कोभिड संक्रमणको समयमा बोर्डले खेलेको भूमिका सह्रानीय : दुतावास

२०७८ माघ ७, शुक्रबार

अमेरिकन राजदुताबासद्धारा पर्यटन बोर्डलाई सम्मान

कोभिड–१९ संक्रमणको बेला नेपालमा जारी लकडाउनको समयमा नेपालमा अलपत्र परेका आफ्नो देशका नागरिकहरुको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै बुधबार नेपाल स्थित अमेकिी दुतावासले नेपाल पर्यटन बोर्डलाई सम्मान गरेको छ ।

दुतावासको टाउन हलमा आयोजित भर्चुअल कार्यक्रममा बुधबार दुताबासले बोर्डलाई सम्मान गरेको हो । लडाउनको कठिन समयमा बोर्डले उद्धार उडान मार्फत (रिपाट्रिएशन फ्लाइट) आफ्नो देशका पर्यटकलाई स्वदेश फिर्ता गर्न सहयोग गरेको र त्यो कार्यको अमेरिकी जनता र दुतावासले उच्च मूल्याङ्कन गरेको उल्लेख गर्दै बोर्डलाई यो सम्मान प्रदान गरिएको दुतावासले जनाएको छ ।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदुत ¥यान्डि बेरीले नेपाल र अमेरिका बीच लामो कुटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको आर्थिक सामाजिक विकासमा अमेरिकाले सधै सहयोग गर्ने समेत बताउनु भयो । यस्तै अमेरिकन सिटिजन सर्भिसका चिफ डेमार्क स्चुल्जले (Demark Schulze) ले कोभिड १९ को समयमा बोर्डले खेलेको भूमिका प्रशंसनीय भएको बताउँदै त्यसका लागि अमेरिकन नागरिकको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।

दुतावासको सम्मानपछि प्रतिक्रिया दिँदै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिडको समयमा नेपालले गरेका कायबाट बोर्डले सम्मान पाउनु नेपाली पर्यटन क्षेत्रको लागि खुशीको कुरा भएको बताउनु भयो । उहाँले विभिन्न निकायको सहयोग र समन्वयले मात्र बोर्डले यो सम्मान पाएको उल्लेख गर्नुभयो । ‘निश्चय नै त्यो समय सम्पूर्ण विश्वकै लागि कठिन समय थियो । आआफ्नो देशमा छरिएर रहका पर्यटकलाई शुरक्षित रुपमा स्वदेश फर्काउन हाम्रा लागि पनि चुनौती थियो । यद्यपी सबैको सहयोग र समन्वयले हामीले त्यो काम गर्न सफल भयौं । जसले हामीलाई यो सम्मान र बेलायतमा ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड समेत प्राप्त गर्न सक्यौं । उहाँले भन्नुभयो । उहाँले तात्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई,तात्कालिन सचिव केदार बहादुर अधिकारीको नेतृत्व र मार्गनिर्देशन तथा ,टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ,नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस् (नाटा) , होटल एशोसिएसन नेपाल –हान) ,नेपाल माउण्टेनरिङ्ग एशोसिएसन (एनएमए) एयासिफिक एशिया ट्रावल एशोसिएसन (पाटा) नेपाल ¥याफिटिङ्ग एजेन्सिज एशोर्सिसन लगायतका पर्यटनसँग सम्बन्धित विभिन्न संस्था र बोर्डका कर्मचारीको सामुहिक प्रयासबाट यो काम गर्न सफल भएको समेत बताउनु भयो ।

यस्तै बोर्डका निर्देशक तथा सूचना अधिकारी मणिराज लामिछानेले दुतावासले प्रदान गरेको यो सम्मान नेपालको समग्र पर्यटन र नेपाली आतिथ्यताको सम्मान भएको बताउनु भयो । उहाँले यस्ता सम्मानले बोर्ड र समग्र पर्यटन क्षेत्रलाई हौषला प्रदान गर्नुकासाथै थप जिम्मेवार बन्न समेत प्रेरित गर्ने प्रतिक्रिया दिनुभयो ।

सन् २०१९ बाट विश्वव्यापी रुपमा शुरु भएको कोभिड–१९ ले नेपालमा सन् २०२०–२०२१ मा बढि प्रभाव पारेको सो समयमा नेपाल पर्यटन बोर्डले स्ट्रयान्डेड इन नेपाल (Stranded in Nepal) अन लाइन अभियान सञ्चालन गरी नेपालका विभिन्न ३३ वटा गन्तव्यमा अलपत्र परेका १ हजार ७२१ जना विदेशी पर्यटकलाई उद्धार गरेको थियो । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी),जिल्ला प्रशासन कार्यालय,पर्यटक प्रहरी,स्थानीय तह तथा पर्यटनसँग सम्बन्धित संघ संस्थाहरुको समन्वयमा यस्तै बोर्डले नेपाल स्थित विभिन्न कुटनीतिक नियोगहरूसँगको समन्यवमा रिपाट्रिएशन फ्लाइट मार्फत करिब ५ हजार भन्दा विदेशी पर्यटकलाई स्वदेश फिर्ता गर्न सहयोग गरेको थियो ।

बोर्डले विदेशी पर्यटकहरूको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै यस अघि सन् २०२१ नोभेम्बर १ देखि ३ सम्म लण्डनमा आयोजित वल्र्ड ट्राभल मार्ट (डब्लूटिएम) कै अवसरमा नेपालले ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड समेत प्राप्त गरेको थियो । विश्वचर्चित वन्डरलस्ट म्यागजिनले बेलायतको किन्सिङ्टन प्यालेस गार्डनमा आयोजना गरेको कार्यक्रममा नेपाललाई उक्त अबार्ड प्रदान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख