२०७८ पुष २७, मंगलवार | २०७९ मंसिर ११ | ourtourismnews@gmail.com

पर्यटन प्रवर्दन गर्न कालिञ्चोकमा स्की तालिम

२०७८ पुष २७, मंगलवार

 

दोलखाको कालिञ्चोक क्षेत्रमा हिमपात भएसँगै साहसिक स्की खेल भएको छ । काठमाडौंबाट १५० किलोमिटर टाढा ३ हजार ५ सय मिटर उचाइमा रहेको कालिञ्चोकस्थित कुरीमा पाँच दिने स्की तालिम र खेलसमेत सञ्चालन भएको छ ।

काठमाडौंबाट नजिक रहेको र यातायातको समेत सहज पहुँच भएपछि दोलखाको कालिञ्चोक र शैलुङ क्षेत्रमा केही वर्षयता स्की खेलमा मनोरञ्जन लिने र तालिम समेत हुने गरेको छ ।

नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको आयोजनामा १८ जना पथप्रदर्शकहरुलाई तालिम दिइएको हो । युरोपमा मात्र परिचित यो खेल ६ वर्ष अघि मात्र नेपालमा सुरु भएको छ । हिउँमा रमाइलो र साहसिक खेलको रुपमा खेल्ने खेलको तालिमका लागि अन्तर्राष्ट्रियस्तरका प्रशिक्षकहरु आफैं कालिञ्चोक क्षेत्र पुगेका छन् । पाँच दिने तालिमका क्रममा ९ सय मिटरको स्की रन वे समेत टेष्ट गरेका छन् ।

नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका महासचिव समेत रहेका अन्र्तराष्ट्रिय पर्वतीय गाइड छिरिङ जाङ्बु शेर्पाले कालिञ्चोक क्षेत्र स्कीका लागि उपयुक्त स्थल रहेको बताए । काठमाडौंबाट नजिक रहेको र यातायातका सुविधा रहेकाले पनि ठाउँ उपयुक्त भए तापनि आवश्यक संरचना निर्माणका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए ।

आदिवासी जनजाति पत्रकार महासंघ दोलखाले अन्तर्राष्ट्रिय पर्वतीय गाइड शेर्पाको टिमलाई चरिकोटमा स्वागत कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका बोर्ड सदस्य समेत रहेका शेर्पाले कालिञ्चोक क्षेत्र स्की हवको लागि प्रचुर सम्भावना भए पनि सरोकार निकायले ध्यान दिन नसकेको गुनासो गरे ।
कालिञ्चोक आफंैमा प्रसिद्ध छ । धार्मिक र प्राकृतिक हिसावले कालिञ्चोकको महिमा उस्तै छ । अझै हिउँ पर्दा र नपर्दा पनि स्की हवको रुपमा प्रवद्र्धन गर्न सकिन्छ । यहाँ भएको हिउँ व्यवस्थापन गर्ने हो भने आन्तरिकसँगै बाह्य पर्यटकको भीड लाग्छ ।

कालिञ्चोक युरोपको स्की क्षेत्र भन्दा कम छैन तर कालिञ्चोकको सार्वजनिक ठाउँ अतिक्रमण हुँदै गएको र पदमार्ग मासिँदै गएपछि पर्यटन व्यवसायीहरु चिन्तित भएका छन् ।

पथप्रदर्शक तथा स्की प्रशिक्षार्थी विरोध बुर्लाकोटीले पुस–माघ पर्यटनका लागि अफ सिजन भए तापनि स्की गर्ने ठाउँ भए आफूहरुले पनि काम पाइराख्ने र पथप्रर्दशकले काम पाउनु भनेको पर्यटकहरु आउनु र सबैले काम पाउनु भएको बताए । “प्राकृतिक रुपमै दोलखाका ठाउँहरु रमाइला र पर्यटनमैत्री छन्,” उनले भने, “डाँडाकाँडा अतिक्रमण भएका छन्, तपाईंहरु दोलखा जोगाउनुस्, हामी पर्यटकहरु ल्याउँछौं ।”

कुरी भिलेजमा स्की हव बनाउनका लागि माउन्टेड एकेडेमीले मास्टर प्लान गरिरहेको छ । स्की खेलाडीहरुका लागि टि बार समेत आवश्यक भएको छ । यसले माथिबाट स्की गरेर तल आएका खेलाडीलाई सास्ती हुँदैनथ्यो । स्की खेल्दा प्रशिक्षक तथा प्रशिक्षार्थी थकित हुने भएकाले पोर्टेबल टि बार सेटप गर्नु पर्ने खेलाडी तथा पर्वतारोही सोनामफुटी शेर्पाको माग छ ।

नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजना गरिएको छैटौँ स्की लेभल १ प्रशिक्षण सम्पन्न भएको छ । कालिञ्चोकमा पुस १८ देखि २५ गतेसम्म भएको प्रशिक्षणमा १८ जना प्रशिक्षार्थी सहभागी थिए । कार्यक्रममा इन्टरनेसनल फेडेरेसन अफ माउन्टेन गाइड एसोसियसनद्वारा मान्यता प्राप्त चार जना माउन्टेन गाइडले प्रशिक्षण दिएका थिए ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका बोर्ड सदस्य छिरिङ जाङ्बु शेर्पा, नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघका अध्यक्ष आङ नोर्बु शेर्पा, पासाङकाजी शेर्पा, छिरिङ पाण्डे भोटेले प्रशिक्षण दिएका थिए । नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले संयुक्त रूपमा सन् २०१५ देखि हरेक वर्ष हिउँदमा स्की प्रशिक्षण कार्यक्रम आयोजना गर्दै आइरहेको छ । युरोपमा भने स्की सन् १८४० मा नर्वेमा स्की च्याम्पेनसिप सुरु भएको थियो । कालिञ्चोकमा पुसदेखि फागुनसम्म हिउँ पर्छ । हिउँ हेर्न र हिउँसँग रमाउन काठमाडौं र भारतदेखि पर्यटकहरु आउने गर्छन् । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर