२०७८ पुष २०, मंगलवार | २०७९ मंसिर ९ | ourtourismnews@gmail.com

टान निर्वाचन : नेतृत्वको दौडधुप सुरु बाँस्तोला, भण्डारी र सापकोटाको अध्यक्षमा उम्मेदवारी घोषणा

२०७८ पुष २०, मंगलवार

ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान) को निर्वाचनले यतिबेला बजार तातिएको छ ।

आगामी फेब्रुअरी ११ अर्थात माघ २८ गते हुने टान को ४२ औं र ४३ औं साधारण तथा अधिवेशनको मिति तय भए संगै आगामी नेतृत्वको लागि एकपक्षिय तथा बहुपक्षिय छलफल सुरु भएको छ ।

अध्यक्षको दावेदारी प्रस्तुत गर्दै आएका व्यवसायीहरु आफू निकट राजनीतिक संगठनका पदाधिकारीहरुसँग दैनिक जसो छलफलमा जुटेका छन् ।

अहिलेसम्म टानको आगामी अध्यक्षमा निलहरि बाँस्तोला, बोधराज भण्डारी र राजेन्द्र सापकोटाले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी दिने घोषणा गरिसकेका   छन् ।

उनीहरुको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ । २ बर्षे कार्यकालका लागि अध्यक्षमा अन्य व्यक्तिहरुले आकांक्षा देखाए पनि अहिले सम्म आफ्नो उम्मेदवारी घोषणा गरिसकेका भने छैनन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर