२०७८ पुष १३, मंगलवार | २०७९ श्रावण १९ | ourtourismnews@gmail.com

यात्रा अनुभव : मर्दि हिमालमा लुटिएका एक पर्यटक

२०७८ पुष १३, मंगलवार

होटलमा २ जना क्षमता भएको एउटा रुम मात्र बाँकी थियो । हमी ८ जना बाडिएर बस्ने निर्णय गयाैँ, तर होटल सञ्चालकले २ जनाकाे पैसा लग्नुपर्नेमा पुरै ८ जनाको पैसा लग्नु भयाे । अनि म लुटिए…

सानै देखि घुम्ने भन्ने बित्तिकै म मा उत्सुकता जाग्थ्यो, कसैले कतै घुम्न जाउँ भन्दा सायद मैले कसैलाई पनि नाई भनिन होला । नयाँ ठाउँ पुगेर त्यहाँको बारेमा जानुको मज्जा छुट्टै लाग्थ्यो । नेपाल सुन्दरताले भरिपूर्ण भएको देश, आफुलाई सानैदेखि फोटो खिच्ने सोख भएर होला हरेक दिन सामाजिक सञ्जालमा आफ्नै देशका रमार्इला ठाउँ र नौलो मानिसको फोटो देख्दा आहाँ लाग्थ्यो ? त्यो ठाउँमा कहिले पुग्ने होला भनेर । तर यो सुन्दर सानो देशमा हामी भाँडिएको देख्दा दुःख लाग्छ । मिल्नको साटो लड्न र झगडा गनै व्यस्त छौँ ।

नेपाललाई कसैले हेपेको छैन र नेपाल सानो र निरिह छैन । वास्तवमा हामी आफैलाई आफैँले हेपेका छौँ । एकता विविधता भनेर चिनिने देशबाट नकरात्मक सन्देश गइरहेको छ । नेपाल घुम्न आउने पर्यटकहरु यही कारण कम मात्रामा नेपाल भित्रिएका छन् । त्यहाँमाथि भर्खरै मात्र भुकम्प र कोभिड थलो परेको हाम्रो देश पर्यटनको अवस्था खस्किएको समयमा नकरात्मक सन्देश हटाउनुपर्ने र नेपालको सुन्दर ठाउँहरु चिनाउन आफुले पनि माया गर्नुपर्ने सोचे एक्लै सबै ठाउँ घुम्न सम्भव पनि त हुँदैन ।

मलाई घुम्नको लागि साथीको आवश्यक थियो । एक दिन भिनाजुले फोन मार्फत मर्दी घुम्न घुम्न जाने कुरा सुनाउनुभयो । र तिमी पनि जान्छौ रु भनि प्रश्न गर्नुभयो । भिनाजुको प्रश्न सकिन नपाउँदै हुन्छ भनिसकेको थिए । हामी मेडिकल क्षेत्रको मान्छे न त नेपाल बन्दले छोयो न भुकम्प न त कोभिड शनिबार पनि हामी सेवामा तल्लिन रहयौँ । न दिन न रात हाम्रो पेशा नै यस्तो छ । कमैठाउबाट छुटकारा भएर शान्त हुन पाउने यो यात्रा एक बहाना पनि थियो । यात्राको निर्णय त गर्यौ तर हामी हिँड्ने बानी नभएकालाई सजिलो भने पक्कै थिएन ।

हिँड्दा हाम्रा खुट्टा दुख्लान, पैताला पोल्लान तर सुन्दर ठाउँमा पुग्ने गन्तव्य अवस्था अपठ्यारा हुन्छन हार मानेको भए हामीले त्यती राम्रो प्रकृति आनन्द लिन कहाँ पाउँथ्यौँ । २०७८ कात्तिक २० गते भाइदिकाको दिन हामीले अवस्य सम्पूर्ण सामान प्याकिङ गरेर बिहान नै यात्रा तय गर्ने निर्णय गर्यौ । बिहानको ७ बजे हामी घरबाट बिदा भई यात्रा अगाडि बढायौँ । त्रिशुलीबाट भिनाजु र म हामी दुई जना यात्रामा निस्कियौ र आढे १ घण्टा पछि हामी मुग्लिन पुगेर सिमराबाट आउनुभएको केही ६ जना साथीहरुसँग जोडियौँ ।

बिहानको खाना मुग्लिनको एक होटलमा खाएर करिब ३ बजेको थियो । मर्दी जाने बाटो सिडिउ र काडे हुँदै बाटोबाट जान मिल्ने थियो सिडिउको बाटो छोटो भएता पनि अप्ठ्यारो भएको कारण हामीले लामो बाटो रोज्यौँ । काडे भन्ने ठाउँ जुन पोखराबाट २१ कि।मि टाढा छ ।

हामीले हाम्रो साधनलाई काडेमा राखेर पैदल यात्रा अगाडि बढायौँ । केही समयमै झिसमिस अँध्यारो हुने बेला थियो । हामीले काँडे बजार बाट अष्ट्रेलियन बेस क्यामसँगै रहेको एक होटलको नम्बर लिएर कोठा बुक गर्यो र यात्रा अगाडि बढायौँ । यात्राको पहिलो दिन उकालो बाटो बिच बाटोमै झमक्क साँझ परेको थियो । हामीमध्य ४, ५ जनाले त्यो १० औँ पैदल यात्रा थियो भने यात्रा थियो ।

हिँड्न सक्ने साथीहरुलाई पछ्याउँदै यात्रामा भेटिएका नयाँ साथीहरुसँग रमाइलो गर्दै हामी केहि बेरमा त्यो होटलमा पुग्यौ । क्याम फायरिङ, नाच्ने, गाउने माहोल एकदमै रमाइलो थियो । हामी पनि त्यही माहोलमा बसेर खाजा चिया, कफी खाँदै थियौँ । तिहारको भोलिपल्ट होटलमा स्टाफ कम भएको कारण होटलको दाइ हतारमा यता उता गरिरहनुभएको थियो । खाना खाने कुरा निस्किदा हामीले होटलको दाइलाई दाइ तरकारी के छ बेलुकीको भनेर सोध्यौँ । होटलको दाई तरकारी केके हुन्छ रु के खानु हुन्छ स्पेसल्ली यहा रु

हामीले दाइ तपाईको किचेन हामीलाई के थाहा के छ भन्दिन सक्नुहुन्न र ? होटको दाइ ह्वाट द हेल आर यु टकिङ एवाउट जे पाक्छ त्यही खाने हो यहाँ । तपाईको राजमार्गको होटल होइन ए आउनुहोस् ए आउनुहोस् भन्दै खुवाउन ।

दाइको त्यो कुरा सुनेर हामी छक्क पर्यौ । एकछिन पछि शान्ति महसुस भएछ होटलवाला दाइ माफ माग्दै खानेकुराको लिस्ट बनाएर सुनाउनुभयो ! बिहान उठ्ने बितिक्कै उदाउँदो सूर्यलाई हेर्न आतुर थियो म हातमा मोबाइल क्यामेरा अन गरेर देखिएको अन्नपूर्ण र माछापुच्छ्र हिमाल ढकमक्क फूलेको फूल भिडियोमा सार्है राम्रो आयो हतार हतार त्यसलाई फेसबुकको स्टोरीमा हाले । हिडेर दुखेको खुट्टाको दुखाई कम गर्न हिँड्नु नै पर्छ भन्ने कुरा थाहा थियो र त्यो दिनको यात्रा पनि लामो तय गर्ने निर्णय गरियो । समुन्द्रि सतहदेखि २०४० मा रहेको हामी ३५०० मा पुग्ने निर्णय गर्यौ ।

बिहानको सूर्यदय सँगै हाम्रो यात्रा अगाडि बढ्यो । देउराली पुगेर केही विश्रामसँगै बिहानको नास्ता लियौँ । देउरालीबाट देखिएको माछापुच्छ्रे हिमालको दृश्यले जो कोहिलाई पनि मोहित पार्दथ्यो ।

देउरालीमा जम्मा भएका धेरै पद यात्री साथीहरुसँगै हामी अगाडी बढ्यौ । बाटोमा भेटिने यात्रीहरुलाई आफूसँग भएको औषधी पानी दिएर सहयोग गर्दै अगाडि बढ्ने क्रममा फरेस्ट क्यापमा खाना खाएर केही समय आराम गर्यौ । र हामी २५०० मिटर बढ्ने सोच सहित अगाडि बढ्यौँ ।

फरेस्ट क्याम्पमा खाना खाएको होटलबाट लो क्याम्पको एक होटललाई फोन गरेर हामी ८ जना आउँदै गरेको जानकारी गरायौँ , १ बजे बाटोमा हामीलाई त्यस होटलबाट फोन आइरहेको थियो बारम्बार हामीलाई थाहाँ भइरहेको थियो कि त्यस ठाउँमा होटल संस्था धेरै थियो । हामीले त्यहाँ पुगेर होटल कन्फर्म गर्ने निर्णय गर्यौ । यात्राको दोश्रो दिन फरेस्ट क्याम्पमा बिहानको खाना खाए पछि हामी ल क्याम्पतर्फ बढ्यौँ ।

घना जङगल अप्ठ्यारा बाटोको कारण यात्रा अनुभव भएका साथीहरु हामी भन्दा धेरै अगाडि पुग्नुभएछ केही बेरमा बाँकी साथीहरु र म र एउटा साथी पछाडि नै पर्यौ । ल क्यामसम्म पुग्दा अँध्यारो भइसकेको थियो । लामो समयसम्म फोन सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेन । अगाडि पुग्ने २ जना साथीहरु लो क्याम्पको एक होटलमा बसेर हामी ८ जना छौँ आउदै हुनुहुन्छ भन्नु भएको रहेछ । फोन सम्पर्क हुन नसकेपछि बाँकी साथीहरु सँगैको होटलमा विश्राम गर्दै हुनुहुँदो रहेछ ।

हाम्रा २ जना साथीहरु जहाँ पुगेका थिए त्यस होटलमा जम्मा २ जना क्षमता भएको एउटा रुम मात्र बाँकी थियो । त्यसैले हामीले त्यस होटलमा नबस्ने निर्णय गर्यौँ, तर होटल सञ्चालक दाइले हामीलाई तपाईहरुले बुकिङ गरिसक्नु भयो समितिको नियम अनुसार १३५० को प्याकेज छ । ८ जनाको पुरै पैसा तिरेर जानु भन्नुभयो । हामी ८ जना बेड २ जनाको लागि सिमित अर्को होटलमा पनि हामीले कुरा गरिसकेको भएको कारण हामी ४, ४ जना मिलेर बस्ने निर्णय गर्यौ ।

त्यसो गर्दा पनि पहिलेको होटल बस्ने दाइले अरु होटलको १, २ जना मान्छे बोलाएर दुव्र्यवहार गरि पुरै पैसा चाहिन्छ भन्नुभयो । हामी पनि दिन तयार नै थियौँ । हामीले भन्यौँ हामी भोलि बिहान छिटै उठेर हिँड्न छ पैसा अहिल्यै लिनु भनेर । उनिहरुले बिहान लिन्छौँ भन्नुभयो । हामी सँगैको होटलमा सबै साथी जम्मा भयौँ र केही बेर आगो ताप्दै, गाउँदै नाँच्दै रमाइलो गर्यौ । २ जना साथीहरु त्यस होटलमा र बाँकी साथीहरु अर्कोमा सुत्यौँ ।

भोलिपल्ट बिहान हामी छिट्टै उठ्यौँ । त्यो चिसो पानीले मुख धोएको सम्झँदा अहिले पनि आङ नै सिरिङ हुन्छ । बिहानको सूर्यदय एकदमै राम्रो देखिन्थ्यो बिहानको पहिलो किरणले हिमाललाई चुम्दा साँच्चै नै त्यो दृश्य क्यामेरामा कैद गर्न पाउँदा एकदमै खुसी थियौँ । बिहान हामी २ जना राती बसेको होटललाई पनि ८ जनाको पैसा दिएर हाम्रो ब्याग लियौँ र बाटो लाग्यौँ । बुढापाकाले भनेको ८, १२ जना हिँड्न हुन्न भनेर हामी ८ जना भएकै कारण यस्तो भएको त होइन रु

कि त यो ठाउँमा अथिती देवो भव थाहा नभएको हो रु यस ठाउँमा सबै मानिस यस्तै छन् त रु हामी केही बेरको यात्रा पछि बादल डाँडा पुग्यौँ । तल जंगलको यात्रा गरिरहेको हामी बादल डाँडा पुग्दा जंगल सकिएर खादी डाँडा भएको कारण हिमलहर दृश्यको दृश्य मनमोहक देखिन्थ्यो । हामी केहीबेर त्यस ठाउँमा विश्राम गर्यौ । चिया नास्ता पनि हामी लाइट क्याम्प गएर ब्याग राखी आधार शिविर जाने निर्णय गर्यौ ।

हाई क्याम्पको लागि हामीले एउटा होटलको लागि फोन गर्यौ र हामी आउँदै छौँ । आएर रुम हेरेर कन्फमै गर्छौ भन्यौँ । होटलको दाइले त्यसरी हुँदैन भन्दै हुनुहुन्थ्यो । हामीले अगाडिको घटना सुनायौँ । दाइले हामीमा दया देखाउनु भयो । बिहानको खाना हाई क्याम्पमा खाएर हामी आवश्यक सामान बोकेर बाँकी सामान त्यहीँ छाडेर बेस क्याम्प लाग्यौँ आधार शिविरको लागि पहिले यात्रा सजिलो भने पक्कै थिएन ।

तिहारमा देउसीमा भट्याए जस्तो हाम्रो यात्रा चिप्लो बाटो, हे रातो माटो हे लडेदै पुग्यौँ हे आएका हामी हे लडेदै पड्दै भए पनि हामी भिउ पोइन्ट सम्म पुग्यौँ । हाई क्याम्पबाट माथि लागे पछि पानी नपाइने रहेछ । हाइ क्याम्पबाट बोकेर लगेको पानी भिउ पोइन्टमा प्रति चिया कप चिसो पानी रु ५० तातो पानी रु १०० चिया २०० त्यो ठाउँमा पाउने भनेको नै त्यतीनै थियो । उकालो हिँडेर लगेको प्यास मेटाएपछि हामी आधार शिविरसम्म पुग्यौँ ।

चारैतिर हिमाल नै हिमाल तल ढकमक्क ढाकेको बादल हेर्दा पनि बादलमाथि नै हिडौँ हिँडौँ लाग्ने, बादल माथि अस्ताउँदै गरेको सूर्य साँच्चै स्वर्गिय आन्नद थियो, त्यहाँ त्यस ठाउँबाट देखिएको सूर्यास्त साँच्र्च नै अनौठो लाग्ने थियो । सूर्यास्त पनि केहिबेरमा नै झमक्क साँझ पर्यो ।हामी सानो लाइटको साथमा छामछुम गर्दै ओरालो लाग्यौँ ।

उज्यालोमा देखिएको भिर हामीलाई राती खासै फरक परेन । चन्द्रमाले पनि हामीलाई साथ दिइरहेको थियो । खुलेको आकाश ढकमक्क देखिएको तारामण्डल अर्को स्वर्गिय आन्नद दिने बाटो थियो । आधार शिविरबाट हामी पुनः हाईक्याम्प आएर बास बस्ने त्यो दिनको यात्रा लामो थियो र धेरै गाह्रो पनि भएको थियो तर हिँड्नको वास्तविक मज्जा थकानमा थियो तब त शरिरले पनि विश्राम माग गर्यो । त्यो रात पनि हामी विभिन्न ठाउँबाट आएका पदयात्रीहरुसँग गफ गर्दै रमाइलो गर्दै बस्यौँ । बिहान करिब ७ बजे हामी हाइ क्याम्पबाट ओरालो लाग्यौँ ।

लो क्याम्प पुगेको चिया नास्ता लिएर हामीले त्यहाँबाट छोटो बाटो रोज्यौँ र ओरालो झर्यौ । भेडको बथान र भेडा चराउने दाइ, भारी बोकेर उकालो लागेको चौँरी र खच्चड, घोडाहरुलाई बाटो दिँदै अगाडि बढिरहयौँ । भिडिज भन्ने ठाउँमा पुगेर हामीले हेम्जाको लागि गाडी रिजर्भ गरी होचा पुग्यौँ । हामी ८ जना मध्य ४ जना हाम्रो साधन लिन गयौँ र फर्किएर हामी पोखराको होटलमा बस्ने निर्णय गर्यौ । पोखरा पुगेपछि रात पनि दिन भन्दा कम थिएन राती अवेरसम्म हामी बाहिरी माहोलमा रह्यौँ ।

बिहान हामी पोखराको मनोरम दृश्य अवलोकन गर्न निस्कयौँ । पोखरा हाम्रो अन्तिम बसाई थियो हामी बिहानको घुमफिर सकेर घरतर्फ निस्कियौँ । पोखराबाट मुग्लिनतर्फ लाग्यौँ । मुग्लिन पुग्दा दिउँसोको २ बजेको थियो । खाना खाएर हामी त्यो ठाउँबाट छुटिनु थियो । यात्राको लागि भेटिएका साथी हामी त्यो ३, ४ दिन आत्मिय भएर बसेका छुटिन सजिलो पक्कै थिएन ।

अन्तिम ग्रुप, फोटो खिचेर खाना रसिलो बनाएर फेरि छिटै भेट्ने वाचा सहित हामी छुट्यौँ । घर पुग्दा करिब बेलुकीको ७ बजेको थियो । भोलि पल्ट मैले यात्राको क्रममा भएको घटनालाई सामाजिक सञ्जालमा रहेको दाह्री ग्याङ, र नेपाल ट्रेकिङमा सेयर गरे यो पोष्टले मार्दीतिर तहल्का मच्चेको रहेछ । मलाई मार्दीबाट धेरै नै फोन कल र फेसबुकमा रिक्वेस्ट, म्यासेज आउन थाल्यो । त्यो घट्ना मैले मेरो अनुभवको रुपमा लेखेको थिए । मेरो त्यो पोष्टले फेरि फेरि मर्दी जाने पदलयात्रीलाई सहयोग मिल्दथ्यो ।

मलाई मर्दीका होटल व्यवस्थापक सभापतिबाट फोन आयो । उहाँहरुले तपाई गल त गर्दै हुनुहुन्छ भन्दै हुनुहुन्थ्यो । सही र गलत छुट्याउन नसक्ने म पनि थिइन । बारम्बार त्यस्ता घट्ना नदोहोरियोस भनेर थियो मेरो त्यो पोस्टमा लगभग १ घण्टा कुरा गरिसकेपछि मैले त्यो पोस्ट हटाइदिए र अब यस्तो नहोस त्यो ठाउँमा गर्नुपर्ने र सुधार्नु पर्ने कुराहरु भनिदिए । आज मलाई यस कुरामा साथ दिनलाई थुप्रै संस्थाहरु, मिडिया, ग्रुप, पेजहरु साथ दिन तयार छन् । मैले यो घट्नालाई लम्बाउन चाहिन । आशा छ मेरो यो मर्दी हिमाल यात्रा अनुभवले त्यो ठाउँमा केही परिवर्तन ल्याउने छ । र त्यस ठाउँमा जाने पद यात्रीले यो अनुभवबाट पहिले नै सतर्कता अपनाउने छन् । त्यो ठाउँको नियम कानून बुझ्ने छन् भन्ने आशा गरेको छु ।
(लेखक स्वास्थ्यकर्मी हुन्।)

प्रतिक्रिया

सम्बन्धित खवर