२०७८ पुष १, बिहीबार | २०८० जेष्ठ १६ | ourtourismnews@gmail.com

बेलायतले ११ मुलुकलाई भ्रमणको जोखिमपूर्ण सूचीबाट हटायो

२०७८ पुष १, बिहीबार

बेलायतले ११ मुलुकलाई भ्रमणको जोखिमपूर्ण सूचीबाट हटाउने भएको छ । कोभिड १९ तथा नयाँ भेरियन्ट कारण बेलायतले लयाएको यात्रा प्रतिवन्ध अन्तर्गतको खतरनाक सूची अर्थात ‘रेड लिष्ट’ बाट ११ मुलुकलाई बुधबारदेखि हटाउने भएको बीबीसीले उल्लेख गरेको छ।

कोरोनाको ओमिक्रोन भेरियन्ट देखिएसँगै बेलायतले एन्गोला, बोत्स्वाना, इस्वाटिनी, मलावी, मोजाम्बिक, नामिबिया, नाइजेरिया, दक्षिण अफ्रिका, जाम्बिया र जिम्बाबेलाई रेड लिस्टमा राखेको थियो र अहिले यि मुलुकहरुलाई भ्रमणको जोखिमपूर्ण सूचीबाट हटाउने भएको हो ।

बेलायती स्वास्थ्य मन्त्री साजिद जाभिदले अहिले बेलायतमा व्यापक मात्रामा फैलिएकाले ती मुलुकलाई प्रतिबन्धको कुनै अर्थ नरहेको बताएका हुन्। यद्यपि बाहिरबाट आउने मानिसहरुलाई कोरोना परीक्षण भने कायम रहने स्वास्थ्यमन्त्री जाभिदले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख