
क्यान्सरपीडित बिरामीलाई हवाईयात्रामा विशेष छुट दिने नेपाल वायुसेवा निगमले जनाएको छ । एक सूचना जारी गर्दै निगमले सामाजिक दायित्व निर्वाह गर्दै निगमले क्यान्सरपीडित बिरामीलाई हवाई यात्रामा विशेष छुट दिने घोषणा गरेको हो।
क्यान्सरपीडित बिरामीले पहिलोपटक निगमको जहाजमा यात्रा गर्दा सतप्रतिशत छुट पाउनेछन् भने दोस्रोपटक ५० प्रतिशत र तेस्रोपटक २५ प्रतिशत छुटपाउने निगमले जनाएको छ।
यस्तै क्यान्सरपीडित बिरामीलाई मात्र नभई बिरामीका सहयोगीले पनि छुटपाउने छन् । बिरामीका सहयोगीले निगमको जहाजमा यात्रा गर्दा पहिलोपटक ५० प्रतिशत र दोस्रोपटक २५ प्रतिशत छुट पाउने निगमले जनाएको छ ।
क्यान्सरपीडित बिरामी निगमको उक्त छुट प्राप्त गर्नका लागि नेपाल अर्बुद रोग निवारण संस्थाको सक्कल सिफारिस र नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ।