२०७८ मंसिर २१, मंगलवार | २०७९ मंसिर ९ | ourtourismnews@gmail.com

एकता होटल तथा गेस्टहाउस ब्यबसायी संघको अध्यक्षमा ऋषि कुमार चौलागाईं निर्बिरोध निर्वाचित

२०७८ मंसिर २१, मंगलवार

एकता होटल तथा गेस्टहाउस व्यवसायी संघ, नेपालको अध्यक्षमा ऋषि कुमार चौलागाईं निर्बिरोध निर्वाचित हुनुभएको छ ।

शनिबार अनुपम फुडल्याण्ड बत्तिसपुतलीमा भएको एकता होटल तथा गेस्टहाउस व्यवसायी संघ, नेपालको नवौं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट अध्यक्षमा ऋषि कुमार चौलागाईं निर्बिरोध निर्वाचित हुनुभएको हो ।

अभिवेशनबाट प्रथम उपाध्यक्षमा सुरेश बराल, द्वितिय उपाध्यक्षमा खेमराज उप्रेती र तृतीय उपाध्यक्षमा सलमान लिम्बू, महासचिबमा सरोज आले, सचिवमा तिलक प्रसाद चापागाई, कोसाध्यक्षमा प्रज्वल श्रेष्ठ, सह – कोसाध्यक्ष ऋषिकेश ढकाल निर्बिरोध निर्वाचित हुनुभएको हाे ।

यस्तै सदस्यहरुमा रेनुका याक्सो, धनिजङ राई, गोपाल कोइराला, सुरज राई, अनिश बानिया, रत्ना लावति, पशुपती श्रेष्ठ निर्बिरोध निर्वाचित हुनुभएको छ ।
संघले लेखा समिति संयोजक तथा सदस्यहरु पनि चयन गरेको छ । खेमराज चौलागाईं को संयोजकत्वमा दिपेन्द्र यादव र अन्जनी कोईरालालाई सदस्यमा सर्वसम्मत चयन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर