२०७८ मंसिर २०, सोमबार | २०७९ मंसिर ९ | ourtourismnews@gmail.com

बागमती प्रदेशका होटलहरुको अकुपेन्सी ७.२३ प्रतिशतमा सिमित, धेरैले गुमाए रोजगारी

२०७८ मंसिर २०, सोमबार

गत आर्थिक वर्षमा बागमती प्रदेशका होटलहरुको अकुपेन्सी ७.२३ प्रतिशतमा सिमित भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कोरोनाको दोस्रो लहरले अर्थतन्त्रमा प्रभाव परेसँगै बागमती प्रदेशका होटलहरुको अकुपेन्सी ७.२३ प्रतिशतमा सिमित राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

कोरोना संक्रमणका कारण अन्तर्राष्ट्रिय पर्यटक आगमन नहुदा आन्तरिक आवागमनमा समेत असर परेको कारण बागमती प्रदेशका होटलहरुमा प्रभाव परेको हो ।

बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार २०७७ मंसिरसम्म होटलको अकुपेन्सी औसतमा २.०९ रहेकोमा कोरोनाको असर कम भएसँगै पुस, माघ र फागुन महिनामा औसत अकुपेन्सीमा सामान्य सुधार आई ९.७९ प्रतिशत पुगेको थियो । तर काठमाडौँ बाहिरका होटहरुको अकुपेन्सी दर ३७.२५ पुगेको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

यस्तै राष्ट्र बैंकको प्रतिवेदनमा बागमती प्रदेशमा रहेका होटलले १८.३८ प्रतिशको रोजगारी कटौती गरेको उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर