
सरकारले हङकङ र दक्षिण अफ्रिकासहित ९ वटा देशबाट नेपाल आउने यात्रुलाई प्रवेशमा रोक लगाएको छ ।
बिहिबार गृह मन्त्रालयले सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निणर्य सार्वजनिक गदै अफ्रिकी मुलुकमा देखिापरेको कोभिड १९ को नयाँ भेरियण्ट ओमिक्रोन युरोप तथा एसियालगाएतका मुलुकहरुमा क्रमिक रुपमा फैलिदै गईरहेकोले त्यसलाई नेपाल भित्रन नदिन अर्को आदेश नभएसम्मका लागि मंसिर १६ गते रात्री १२ बजे देखि ङकङ र दक्षिण अफ्रिकासहित ९ वटा देशबाट नेपाल आउने यात्रुलाई प्रवेशमा रोक लगाएको छ ।
सरकारले ओमिक्रोन भेरियन्ट नेपाल भित्रन नदिन हकङक, दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक र मलावीबाट आउने तथा ती देशलाई ट्रान्जिट बनाएर आउने अन्य यात्रुलाई नेपाल प्रवेशमा अनुमति नदिने जनाएको छ । तर यो आदेश जारी हुँदाका बखत ट्रान्जिटमा रहेका सम्पूर्ण यात्रुहरु नेपाल आगमनपश्चात आफ्नै खर्चमा अनिर्वाय रुपमा सात दिन होटल क्वारेन्टिन मा बस्नुपर्ने जनाएको छ ।