२०७८ आश्विन १२, मंगलवार | २०७८ आश्विन ३१ | ourtourismnews@gmail.com

टान पोखराको समन्वयमा ११ देशका राजदूत र कुटनीतिज्ञले गरे पोखरामा पदयात्रा

२०७८ आश्विन १२, मंगलवार

विश्वभर नयाँ सन्देश दिने उदेश्यले ४२औँ विश्व पर्यटन दिवसको अवसरमा ११ देशका राजदूत र कुटनीतिज्ञले पोखराको नौडाडा देखि सराङकोटसम्म पदयात्रा गरेका छन् ।

कोरोना भाइरसका कारण बिगत दुई बर्षदेखि ठप्प रहेको पर्यटकीय गतिबिधीहरुलाई चलायमान गराई पर्यटन प्रबर्धन गर्ने उदेश्यका साथ राजदूत र कुटनीतिज्ञहरुको टोलि पोखरा आएर पदयात्रा गरेका हुन् ।

विश्वभर नेपालको पर्यटनको बारेमा जानकारी दिन गण्डकी प्रदेश सरकारको निमन्त्रण नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषदको संयुक्त आयोजना तथा ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ,पोखरा समन्वयमा ४२औँ विश्व पर्यटन दिवसको अवसरमा कास्कीकोट देखि सराङकोट सम्मको पैदलयात्रा कार्यक्रम गरिएको थियो ।

उक्त पदयात्रा कार्यक्रममा कतार, फिनल्याण्ड, बंगलादेश, जर्मनी, दक्षिण कोरिया, साउदी अरब, इजिप्ट, श्रीलंका, उत्तर कोरिया, थाइल्याण्ड, यूएईलगायत देशका राजदूत सहभागी भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर