२०७८ आश्विन १०, आईतवार | २०७८ आश्विन ३० | ourtourismnews@gmail.com

पर्यटन प्रवर्द्धनमा टोखा नगरपालिका – झोर देखि चण्डेश्वरी सम्म पदमार्ग निर्माण गर्दै

२०७८ आश्विन १०, आईतवार

हरि भेटुवाल

टोखा नगरपालिकाले झोर देखि चण्डेश्वरी सम्म पर्यटकीय पदमार्गको निर्माण गर्ने भएको छ ।

टोखा नगरपालिका र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी), नेपाल पर्यटन बोर्ड, टान, यूएनडीपीलगायतको संयुक्त साझेदारीमा टोखा नगरपालिका वडा नम्बर १ झोर देखि वडा नम्बर २ चण्डेश्वरी सम्मको पदमार्गको निर्माण कार्य सुरु गरीएको हो ।

आईतबार टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले पदमार्ग निर्माणका लागि खटिने मजदुरलाई औजार दिएर शुभआरम्भ गर्नुभयो ।

कोभिड १९ का कारण रोजगारी गुमाएका पर्यटन श्रमीकहरुलाई अल्पकालीन रोजगार दिने उदेश्यले उक्त पदमार्ग निर्माण कार्यमा लगाइएको हो । १२० जना श्रमीकहरुले १० दिन काम गर्ने युएन डिपि का परियोजनाका प्राविधिक अमित विष्टले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर