२०७८ आश्विन ३, आईतवार | २०७८ आश्विन ३१ | ourtourismnews@gmail.com

होटल व्यवसायी महासंघले ‘पर्यटन डायरी २०७८’ प्रकाशन गर्ने

२०७८ आश्विन ३, आईतवार

देशैभर रहेका होटलहरुको प्रचार प्रसार र पर्यटकीय स्थलहरु समेटी होटल व्यवसायी महासंघ नेपालले ‘पर्यटन डायरी २०७८’ प्रकाशन गर्ने भएको छ ।

कोभिड १९ का कारण अस्तव्यस्त रहेको होटल तथा पर्यटन क्षेत्रलाई चलायमान बनाउन महासंघले नेपाल पर्यटन बोर्ड,संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसंग समन्वय गरी ‘पर्यटन डायरी २०७८’ प्रकाशन गर्ने निर्णय गरेको हो ।

शनिबार सुदुरपश्चिम प्रदेशको महेन्द्रनगरमा बसेको महासंघको बैठकले ‘पर्यटन डायरी २०७८’ प्रकाशनका लागि उपाध्यक्ष केपी शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।

बैठकले पर्यटन सेवा केन्द्र बनाउन भिमदत्त नगरपालिकाले उपलब्ध गराएको जग्गामा पर्यटकीय सूचना केन्द्र तथा पर्यटन प्रवद्र्घनको लागि आवश्यक पूर्वाधार निर्माण गर्न नेपाल पर्यटन वोर्ड , संघीय सरका र , प्रदेश सरकार तथा स्थानीय सरकारबाट सहयोग लिएर महासंघले होटल व्यवसायी संघ कञ्चनपुलाई आर्थिक तथा भौतिक सहयोग गर्ने निर्णय गरेको छ ।

यस्तै सुदुरपश्चिम भ्रमणको लागि महासंघले आवश्यक प्रचारप्रसार गरी सो प्रदेशमा पर्यटन प्रवद्र्घन गर्ने निर्णय गदै त्यसका लागि महासंघका पर्यटन सचिव प्रमानन्द भण्डारीलाई १ महिनाभित्र सम्पूर्ण प्रारुपहरुसहित आवश्यक खाका तयार पार्न जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर