२०७८ असार २५, शुक्रबार | २०७८ आश्विन ५ | ourtourismnews@gmail.com

अप्सरा टुर्स एण्ड ट्राभल्सले ल्यायो देशकै ठूलो मानव निर्मित भरत ताल घुम्ने प्याकेज

२०७८ असार २५, शुक्रबार

कोभिड १९ का कारण गरिएको लकडाउनले घरमा बस्दा वाक्क भएर केहि दिन प्राकृतिक सौन्दर्यमा रम्ने सोचमा हुनुहुन्छ ? अथवा देशका प्रमुख पर्यटकीय गन्तव्यहरुमा घुम्ने सोच बनाउनुभएको छ भने प्रदेश २ को सिमारामा रहेको अप्सरा टुर्स एण्ड ट्राभल्सले घुम्न चाहनेहरुका लागि सस्तो प्याकेजको घोषणा गरेको  छ ।

ट्राभल्सले सर्लाहीको वाग्मती नगरपालिका–४ मा निर्माण गरिएको देशकै सबैभन्दा ठूलो मानवनिर्मित भरत ताल घुम्ने सस्तो प्याकेज ल्याएको छ ।

प्याकेजमा सिमारा देखि भरत ताल घुम्न प्रति व्यक्ति १५ सय तोकिएको छ । जसमा यातायात, बिहानी खाजा, बिहानी खाना (बाग्मतिको माच्छा र ढिडो सेट), भरत तालमा ढङ्गा सयर समेटिएको छ ।

ट्राभल्सले १० जनाको ग्रुपमा आउनेको लागि १ जनालाई फ्रि गरेको छ । साथै ट्राभल्सले श्रावण महिनामा बागमतीको नुनथर र सहजनाथको प्याकेज समेत थप हुने जनाएको छ ।

ट्राभल्सले स्थापना कालदेखि नै ग्राहकको सेवाका लागि सस्तो र भरपर्दा प्याकेजका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानका लागि एअर टिकट उपलब्ध गराउँदै आइरहेको छ ।

यति मात्र नभई ट्राभल्सले माउन्टेन फ्लाइट, जंगल सफारी, ट्रेकिङ, होटल बुकिङको सुविधा उपलब्ध गराउँदै आईरहेको ट्राभल्सका सञ्चालक मोहन शर्मा लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर