२०७८ जेष्ठ २३, आईतवार | २०७८ जेष्ठ २७ | ourtourismnews@gmail.com

मकवानपुरको पर्यटकीय क्षेत्र वैकुण्ठमा चिया बगान बनाइने

२०७८ जेष्ठ २३, आईतवार

मकवानपुरको विकट कैलाश गाउँपालिका २ स्थित पर्यटकीय क्षेत्र वैकुण्ठमा चिया बगान बनाइने भएको छ ।

उत्तर पश्चिम क्षेत्रस्थित रमणीय पर्यटकीय स्थल वैकुण्ठको विष्णुकुण्ड वरिपरि यसै वर्ष ६ हजार पाँच सय वटा चियाँका विरुवा रोपिँदै छ ।

डाँडाको उचाइमा रहेको विष्णुकुण्ड ताल आफैमा एउटा ऐतिहासिक पर्यटकीय सम्पदाका रुपमा रहेको छ ।

कैलाश गाउँपालिक २ का वडा अध्यक्ष राजेन्द्र घिसिङले विष्ण्ुकुण्डको वरिपरि चियाका बिरुवा रोप्न अहिले धमाधम खाल्डो खन्ने काम भइरहेको जानकारी दिनुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर