२०७८ बैशाख १५, बुधबार | २०७८ बैशाख २६ | ourtourismnews@gmail.com

नकामा कडाई, भारतीय नागरिकलाई नेपाल प्रवेश गर्न रोक

२०७८ बैशाख १५, बुधबार

पूर्वी नाका काँकडभिट्टाबाट भारतीय नागरिकहरूलाई नेपाल प्रवेश गर्न रोक लगाइएको छ । भारतमा कोभिड-१९ को सङ्क्रमण अत्यधिक बढिरहेकाले त्यसलाई नेपालमा भित्रन नदिन मङ्गलबारदेखि भारतीय नागरिकहरूलाई अनावश्यक नेपाल प्रवेश गर्न रोक लगाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तर रोजगारीको क्रममा भारतबाट नेपाल आउने नेपालीलाई पीसीआर टेस्टको रिपोर्ट हेरेर प्रवेश गर्न दिइने छ ।

विशेष गरी भारतीय नागरिक सीमावर्ती शहरमा आँखाको उपचार गर्न र ज्यालादारी काम गर्न दैनिक सयौँको सङ्ख्यामा नेपाल आउँने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर