२०७८ बैशाख १४, मंगलवार | २०७८ आश्विन ३१ | ourtourismnews@gmail.com

त्रिभुवन विमानस्थल भएर प्रस्थान गर्न रोक

२०७८ बैशाख १४, मंगलवार

कोभिड–१९ को बढ्दो जोखिमलाई दृष्टिगत गरी सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर तेस्रो मुलुक प्रस्थान गर्न रोक लगाएको छ । अध्यागमन विभागले त्रिभुवन विमानस्थललाई पारगमन को रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्नेको संख्या दिन दिनै बढ्दै गए पछि यात्रा गर्न रोक लगाएको हो ।

विभागले बैशाख १५ गते मध्यरातदेखि लागू हुने गरी त्रिभुवन विमानस्थलबाट अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाइएको छ । भने त्रिभुवन विमानस्थललाई अन्तिम गन्तव्य बनाएर विदेशबाट आउन तथा उक्त विमानस्थलबाट विदेश जान पाउने व्यवस्थामा भने कुनै फेरबदल नगरिएको विभागले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर