२०७७ चैत्र ३०, सोमबार | २०७८ बैशाख २७ | ourtourismnews@gmail.com

पर्यटन पत्रकार अर्जुन पाख्रिनलाई ‘दावा नर्वु माउन्टेड टुरिजम पत्रकारिता पुरस्कार’

२०७७ चैत्र ३०, सोमबार

पर्यटन पत्रकार अर्जुन पाख्रिनलाई ‘दावा नर्वु माउन्टेड टुरिजम पत्रकारिता पुरस्कार’ पुरस्कारद्धारा सम्मान गरिएको छ । विश्वकै अल्पाइन क्लवका सदस्य नेपाल पर्वतारोहण संघ(एनएमए)ले याम्बु टाइम्सका सञ्चालक तथा टुरिजम मिडिया नेटवर्कका अध्यक्ष अर्जुन पाख्रिनलाई दावा नर्वु माउन्टेड टुरिजम पत्रकारिता पुरस्कारद्धारा सम्मान गरिएको हो ।

पर्वतीय पर्यटन, पर्यटकीय गन्तव्य र सम्भावित ठाउँको विषयमा कलम चलाएर नेपालको प्रवद्र्धनमा महत्पूर्ण भूमिका खेलेको भन्दै पत्रकार पाख्रिनलाई राजधानीमा सम्मान गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री भानुभक्त ढकाल, नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा र नेपाल माउन्टेड एकेडेमी अध्यक्ष लाक्पा फुटि शेर्पाले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

टुरिजम मिडिया नेटवर्कद्धारा सञ्चालन गरिरहेको टुरिजम समाचार डटकम र टुरिजम अनलाइन टिभिका सम्पादक समेत रहेका पाख्रिन विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका छन् । पाख्रिनले यसअघि पनि २०१८ मा साउथ एसिएन ट्राभल मिडिया अवार्ड माल्दिभस्मा पाएका थिए ।

एनएमएले पाख्रिनसँगै जगदिश तिवारी, जापानिज र कोरियन पत्रकारलाई सम्मेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर