२०७७ चैत्र २८, शनिबार | २०७८ आश्विन ३० | ourtourismnews@gmail.com

होटल महासंघ लुम्विनी प्रदेशको अध्यक्षमा पुन : भास्कर काफ्ले, यस्तो बन्यो नयाँ कार्यसमिति

२०७७ चैत्र २८, शनिबार

होटल व्यवसायी महासंघ लुम्विनी प्रदेशको पहिलो साधारणसभा तथा अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । महासंघको लुम्विनी प्रदेशको राजधानी देउखुरी दाङमा सम्पन्न साधारण सभाले पुन : भास्कर काफ्लेको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।

तीन वर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिका अधिकांस पदाधिकारी तथा सदस्य पुरानै छन् । काफ्ले यस अघि पनि अध्यक्ष रहेका थिए ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, प्रथम उपाध्यक्ष एकनारायण चापागाई, द्धितिय उपाध्यक्ष धनलाल चापागाई, पर्यटन उपाध्यक्ष समुन्द्र जि.सि, महिला उपाध्यक्ष गिता गौली, महासचिव दधीराम भण्डारी , उप महासचिव गण्ेश प्रसाद वेलवासे, सह सचिव महेश वेलवासे, कोषाध्यक्ष दिपेनद्र पुन मगर, सह कोषाध्यक्ष खेतुलाल उपाध्याय सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा लिलाधर भट्टराई, रावती चौधरी चौधरी, दयाराम थापा, भोजराज शर्मा, रेसम ढकाल, टेक नारायण सापकोटा, लालुराम पाण्डे, शिव प्रसाद घिमिरे, रामकृष्ण भण्डारी, मोहन सिंह ठकुरी, दुर्गा कृष्ण वम, गञ्ज बहादुर थापा चयन हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर