२०७७ चैत्र ८, आईतवार | २०७८ बैशाख २ | ourtourismnews@gmail.com

पत्रकार टंक रेग्मीलाई मातृ शोक

२०७७ चैत्र ८, आईतवार

पत्रकार टंक रेग्मीलाई मातृ शोक परेको छ । रेग्मीकी आमा खगिसरा रेग्मीको शनिबार दिउँसो २ बजे ५५ वर्षको उमेरमा दैलेख ३ खुर्सानीबारीमा निधन भएको हो ।

२०७३ साल देखि पाठेघरको क्यान्सरसंग जुधेकी रेग्मीको अथक प्रयासका बाबजुद शनिबार दिउँसो घरमै उनको निधन भएको हो ।

मृतक खगिसराका तिन छोरा, २ बुहारी रहेका छन् । उनको हिन्दु परम्परा अनुसार चैत ८ गते शिरस्थान खोलामा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

रेग्मी टि एम एन मिडिया प्रालिद्धारा संञ्चालित न्युज पोर्टल आओर टुरिजम न्युज डट कम र मासिक पत्रिकाका सञ्चालक / सम्पादक हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर