२०७७ चैत्र १, आईतवार | २०७८ बैशाख २ | ourtourismnews@gmail.com

कुरीमा पर्यटक बढेपनि साना होटल सुनसान

२०७७ चैत्र १, आईतवार

कोभिड १९ का कारण सुनसान रहेको दोलखाको प्रमुख पर्यटकीय स्थल कुरीमा पर्यटकीय चहलपहल दिन प्रतिदिन बढ्दै गएको छ ।

कालिञ्चोक क्षेत्रका अधिकांश होटल व्यवसायी पर्यटक बढे संगै खुसी बनेका छन् । भने साना लगानीका होटल व्यवसायी भने पर्यटक बढे पनि  होटलमा पर्यटक नआएको बताउछन् । एक होटल व्यवसायीका अनुसार यहाँका १० ठूला होटल व्यवसायीहरुले ट्राभल कम्पनिसंग सिधै बुकिङ र सस्तो प्याकेज बनाउदा साना होटलहरुमा पर्यटकहरु सुनसान भएको बताए ।

समुन्द्र सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको कालिञ्चोक भगवतीको मन्दिर दर्शन गर्न तथा गौरीशंकर हिमाल, रोल्वालिङ हिमश्रृङ्खलालगायत विभिन्न क्षेत्रको अवलोकन गर्न पर्यटक कुरी जाने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर